सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

नेपाल टेलिकमले ल्यायो विन्टर अफर, के-के छन् सुविधा?

बिहीबार , पुस २६ २०८०
नेपाल टेलिकमले ल्यायो विन्टर अफर, के-के छन् सुविधा?

७ दिनको लागि लागि एक सय ९ रूपैयाँमा ५ जीबी र २८ दिनको लागि २ सय ९८ रूपैयाँमा ७ जीबी डाटा उपलब्ध हुनेछ।

काठमाडौं- नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि विन्टर अफर ल्याएको छ। पुस २७ अर्थात् भोलिदेखि लागु हुनेगरी टेलिकमले 'विन्टर अफर २०८०' अन्तर्गत विभिन्न आकर्षक प्याकहरु उपलब्ध गराउन लागेको हो।

टेलिकमका अनुसार यसअघि उपलब्ध भइरहेको फोरजी डाटा अफरलाई अझै आकर्षक बनाइएको छ। यसअनुसार १ दिनको समयावधिका लागि १९ रूपैयाँमा चारसय एमबी र ३३ रूपैयाँमा १२ सय एमबी डाटा उपलब्ध हुनेछ। त्यसैगरी ७ दिनको लागि लागि एक सय ९ रूपैयाँमा ५ जीबी र २८ दिनको लागि २ सय ९८ रूपैयाँमा ७ जीबी डाटा उपलब्ध हुनेछ।

स्टे कनेक्टेड प्याकअन्तर्गत ५ दिनका लागि एक सय ९ रूपैयाँमा ६ जीबी डाटा तथा एक सय ३९ रूपैयाँमा ६ जीबी डाटा र १७० मिनेट अन-नेट भ्वाइस उपलब्ध हुनेछ। त्यसैगरी २ घण्टाको लागि ३५ रूपैयाँमा अनलिमिटेड प्याक उपलब्ध हुनेछ।

यसअघि उपलब्ध अल टाइम भ्वाइस प्याक, अनलिमिटेड प्याक, डाटा प्याक, सोसल मिडिया प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटुएम प्याकलगायतका विभिन्न आकर्षक प्याकहरु समेत उपलब्ध हुने टेलिकमले जनाएको छ।

त्यसैगरी नेपाल टेलिकम एप डाउनलोड गर्दा उपलब्ध हुने १ जीबी डाटा प्याक पनि निरन्तररुपमा उपलब्ध हुनेछ। 

विन्टर अफरअन्तर्गतका विभिन्न प्याक प्राप्त गर्नका लागि ग्राहकले १४१५*१# डायल गर्नुपर्ने छ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ।

यस अफरबाट सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने कम्पनीको विश्वास छ।


प्रकाशित : बिहीबार , पुस २६ २०८०१६:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend