सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

शुक्रबारदेखि यी स्थानमा आयोजना हुँदैछ 'टाटा मोटर्स फन कार्निभल ३.०'

बिहीबार , पुस २६ २०८०
शुक्रबारदेखि यी स्थानमा आयोजना हुँदैछ 'टाटा मोटर्स फन कार्निभल ३.०'

बिर्तामोड, बुटवल, पोखरा र वीरगञ्जमा आयोजना हुने यस फन कार्निभलमा ईभी गाडी खरिद गरी विभिन्न किसिमका अफरहरु प्राप्त गर्न सकिनेछ।

काठमाडौं- नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले 'टाटा मोटर्स फन कार्निभल ३.०' कार्यक्रमको आयोजना गर्ने भएको छ।

पुस २७ गतेदेखि पुस २९ गतेसम्म उपत्यका बाहिर टाटा मोटर्सको शोरुम अलास्का मोर्टस बिर्तामोड, सिद्धार्थ कटेज बुटवल, सिप्रदी ट्रेडिङ बुद्ध चोक पोखरा र टाउनहल प्लानिङ वीरगञ्जमा आयोजना गर्न लागिएको हो। 

फन कार्निभल ३.० मा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन ईभी र टियागो ईभीलगायतका गाडीहरु साट्न सकिनेछ।

टाटाका गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेञ्ज बोनस, निःशुल्क रुपमा ईभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त गर्नेछन्।

ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरुप्रतिको रुचि तथा चाहनालाई मध्येनजर गर्दै यस मेलाको आयोजना गरिएको सिप्रदीले जनाएको छ। कम्पनिका अनुसार यस कार्निभलका मुख्य उद्देश्य भनेको ग्राहकलाई खेल तथा मनोरञ्जनमार्फत नौलो अनुभूति गर्दै गाडी किन्ने फरक एक्सपेरियन्स प्रदान गर्नु रहेको छ।

यस कार्यक्रमको अवसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्। यसमा सहभागी भइ नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ।


प्रकाशित : बिहीबार , पुस २६ २०८०१३:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend