सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

नेटा भीको मेगा एक्सचेन्ज क्याम्प : पुराना सवारीसाधन नयाँ नेटा भीसँग साट्ने अवसर

बुधबार, पुस २५ २०८०
नेटा भीको मेगा एक्सचेन्ज क्याम्प : पुराना सवारीसाधन नयाँ नेटा भीसँग साट्ने अवसर

यो क्याम्प छोटो समयका लागि मात्रै रहने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार पुराना सवारी साधनको न्यूनतम मूल्यांकन ४ लाखको रहने छ।

काठमाडौं- सीजी मोटर्स प्रालिले विद्युतीय सवारीसाधन नेटा भीको बजार प्रवर्द्धनका लागि मेगा एक्सचेन्ज क्याम्पको आयोजना गरेको छ। हाल काठमाडौं उपत्यकालाई लक्षित गरी आयोजना गरिएको एक्सचेन्ज क्याम्पमा पुराना तथा बीस वर्ष पुगिसकेका सवारीसाधन समेत नयाँ नेटा भीसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार पुराना सवारी साधनको न्यूनतम मूल्यांकन ४ लाखको रहने छ।

'स्वीच टु द प्योर इभी' नारा दिइएको यस एक्सचेन्ज क्याम्पको मुख्य उद्देश्य नेटा भी को प्रवर्द्धन गर्नुमात्र नभइ पुराना प्रदूषण गरिरहेका सवारीसाधनको व्यवस्थापनसमेत रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यो मेगा एक्सचेन्ज क्याम्प छोटो समयका लागि मात्रै रहने कम्पनीले जनाएको छ।

नेटा भी गाडीमा ८ वर्ष वा एक लाख ५० हजार किमीको वारेन्टी रहेको छ जसले गर्दा ग्राहकहरुले ढुक्क भइ नेटा भीको प्रयोग गर्न सक्छन्। यसका साथै यसमा रहेको एचइपीटी २.० प्रविधिले ब्याट्रीलाई तात्न वा बढी चिसो हुन दिँदैन।

नेटा भी हाल नयाँ ५० किलोवाटको एलएफपी ब्याट्री सहित शोरुमहरुमा उपलब्ध छ। ब्याट्री हाल उपलब्ध ब्याट्रीहरुमध्ये सबैभन्दा सुरक्षित तथा लामो आयुको मानिन्छ। नयाँ ब्याट्रीले गर्दा नेटा भी अब सबैभन्दा सुरक्षित ब्याट्री युक्त तथा उही ३ सय ८० किमीको लामो रेन्जसहितको नेपालमै सबैभन्दा सुलभ विद्युतीय सवारी साधन भएको छ।

यसका साथै यो ब्याट्रीले २०२४ को अटोबेस्ट अवार्ड समेत प्राप्त गरेको छ।


प्रकाशित : बुधबार, पुस २५ २०८०१५:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend