बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

१५ दिनमा १४ उद्योग दर्ता, १५ अर्ब ४८ करोडको लगानी प्रतिबद्धता

images
शुक्रबार, मंसिर १७ २०७८
images
१५ दिनमा १४ उद्योग दर्ता, १५ अर्ब ४८ करोडको लगानी प्रतिबद्धता

१५ दिनमै १४ वटा उद्योग दर्ता भएको छ। दर्ता भएका उद्योगबाट १५ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ बराबरको विदेशी तथा स्वदेशी लगानी प्रतिबद्धता आएका छन्।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको मंसिर महिनाको १५ दिनमै १४ वटा उद्योग दर्ता भएको छ। उद्योग विभागका अनुसार मंसिर १ गतेदेखि १५ गतेसम्ममा १४ वटा उद्योेग दर्ता भएको छ।

images
images
images

दर्ता भएका उद्योगबाट १५ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ बराबरको विदेशी तथा स्वदेशी लगानी प्रतिद्धता आएका छन्। सबैभन्दा बढी हाइड्रोपावरमा र दोस्रो बढी होटदमा लगानी प्रतिबद्धता आएको छ।

images
images

विभागका अनुसार ब्रह्मायणी हाईड्रोपावर कम्पनी प्रालिमा ५ अर्ब ९५ करोड र न्यू राज प्लाष्टो ईण्डष्ट्रिज प्रालिले  २२ करोड रुपैयाँमा हाउस होल्ड प्लाष्ट्रिक उत्पादन गर्ने गरी उद्योग दर्ता गराएको हो। 

images
images

यसैगरी, ३० करोड रुपैयाँको लगानीमा ८८ बेडको होटल स्थापना गर्ने गरी बालाजी रोयल प्यालेस प्रालि उद्योग र ७.७ मेगावाटको सोलार बिद्युत उत्पादनमा ५६ करोड रुपैयाँ लगानी गर्ने गरी तराई सोलार प्रालि दर्ता भएको छ।

साथै ५० लाख रुपैयाँमा कार्गो सञ्चालन गर्ने गरी एएल लजिष्टिक्स नेपाल प्रालि र १ अर्ब रुपैयाँमा फलामको भाडा कुँडा बनाउने गरी टेन स्टील पार्क प्रालि उद्योग दर्ता भएको छ।

यसैगरी ३५ करोड रुपैयाँको लगानीमा कपडा उत्पादन गर्ने गरी प्रो टेक्स प्रालि र २० करोड ५९ लाख रुपैयाँ पाइपहरु उत्पादलन गर्ने गरी कन्काई पाइप फिटिङ्ग प्रालि उद्योग दर्ता भएको छ।

साथै १ अर्ब रुपैयाँको लगानीमा ६० बेड क्षमताको होटल स्थापना गर्ने गरी ग्रिन भ्यु प्रालि उद्योग र १६ करोड २५ लाख रुपैयाँको लगानीमा दालमोठ, भुजिया, नम्किन र आलु चिप्स उत्पादन गरी सौभाग्य फूड एण्ड कन्फेक्सनरी उद्योग प्रालि दर्ता भएको छ।

यसैगरी २ अर्ब ५० करोडको लगानीमा २ सय ५० बेडको होटल र ४ सय सिट क्षमताको रेष्टुरा सहिततको गोपीकृष्ण सेन्ट्रल मल्टिकम्प्लेक्स उद्योग दर्ता भएको छ।

साथै २ अर्ब ६७ करोडको लगानीमा बिलेट उत्पादन गर्ने गरी समृद्धि मेटालिक्स उद्योग दर्ता भएको छ। यसैगरी ३० करोडको लगानीमा तासन होटल र २५ करोड रुपैयाँको लगानीमा स्याङदी होटल स्थापना गर्ने गरी उद्योग दर्ता भएको छ।


प्रकाशित : शुक्रबार, मंसिर १७ २०७८०५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend