मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

न्यून बीजकीकरणको जोखिम सूचीमा परेका वस्तुमाथि भन्सार जाँचपासमा कडाइ, रसुवा नाकामा व्यापारीको विरोध

images
बुधबार, पुस २५ २०८०
images
न्यून बीजकीकरणको जोखिम सूचीमा परेका वस्तुमाथि भन्सार जाँचपासमा कडाइ, रसुवा नाकामा व्यापारीको विरोध

रसुवा भन्सारले साउनदेखि मंसिरसम्मको अवधिमा २४ करोड यस्तो जरिवाना उठाइसकेको छ। यसले पनि रसुवा भन्सारले जाँचपासमा कडाइ गरेको देखिन्छ।

images
images

काठमाडौं- भन्सार कार्यालयले जाँचपासमा कडाइ गरेपछि केरुङ हुँदै आयात गर्ने व्यापारीहरू विरोधमा उत्रिएका छन्।

images
images
images

पछिल्लो समय भन्सार कार्यालय तथा व्यापारिक विचलनका बारेमा भएको अध्ययनअनुसार भन्सारले जाँचपासमा कडाइ गरेको थियो। कर छल्ने प्रायोजनका लागि आयात हुनसक्ने वस्तुलाई विशेष निगारीमा राखेर भन्सारले जाँचपासलाई कडाइ गरेको छ। 

images
images

जुत्ता, लत्ता कपडा, विद्युतीय सामग्रीको आयातमा भन्सार छली हुने गरेको पछिल्लो समय सरकारले गरेको अध्ययनले देखाएको थियो। आयातमा न्यूनबीजकीकरण हुनसक्ने जोखिमपूर्ण वस्तुको सूचीमा राखेको थियो। 

images
images

भन्सार कार्यालयहरूलाई यस्तै वस्तुको आयातको बिलमा विशेष अध्ययन गर्न भन्सार विभागले सर्कुलर नै गरेको छ। यहीअनुसार  कार्यालयहरूले ‍कडाइ गरिरहेका छन्। 

पछिल्लो समय रसुवा भन्सार कार्यालयले यस्तै वस्तुको आयातमा विशेष कडाइ गरेको छ। बेबी साइज घोषणा गरेर वयस्काका लाग कपडा ल्याउने, रपडाको बेल्ट भनेर रेजिनको बेल्ट ल्याउने गरेको पाइएपछि भन्सारले त्यस्तैमा अनुसन्धान बढाएको हो। 

यसरी जाँचपासमा कडाइ गरेपछि जरिबाना लगाउँदै आएको छ। बिगोको दुईसय प्रतिशत जरिबाना लगाएपछि धेरै रकम हुन्छ। यही कारणले व्यापारीहरू विरोधमा उत्रिएका छन्। 

रसुवा भन्सारले साउनदेखि मंसिरसम्मको अवधिमा २४ करोड यस्तो जरिबाना उठाइसकेको छ। यसले पनि रसुवा भन्सारले जाँचपासमा कडाइ गरेको देखिन्छ। 

भन्सारले कडाइ गरेपछि व्यापारीहरू भने मनपरी मूल्यांकन गरिएको भन्दै विरोधमा उत्रिएका छन्। आयात र जाँचपास नै नगर्ने भन्दै उनीहरूले विरोध गरिरहेका छन्। 

भन्सार कार्यालय प्रमुख रामप्रसाद पाठकले भने कार्यालयले नियम अनुसार नै जाँचपास गरिरहेको तर व्यापारीहरू बिच्किनुको कारणका बारेमा आफू अनिवज्ञ रहेको बताउ। 

‘हामीले कानूनविपरीत कर उठाउन मिल्दैन, गर्दैनौँ पनि। नियम र कानूअनुसार नै हामीले काम गरिरहेका छौँ’ उनले भने। 

रसुवा भन्सारबाट आयात हुने कपडा तथा विद्युतीय सामग्रीमा समस्या हुँदै आएको छ। स्वघोषणा नै नमिल्ने गरेको त्यहाँ काम गरेका अधिकारीले बताउँदै आएका छन्। 


प्रकाशित : बुधबार, पुस २५ २०८०११:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend