सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रूपैयाँ क्यासब्याक

बुधबार, पुस २५ २०८०
ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रूपैयाँ क्यासब्याक

नयाँ खाता खोलेर वा निष्क्रिय खातालाई पुनः सक्रिय बनाएर उक्त खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा २ सय ५० रुपैयाँसम्म थप गरिदिने छ।

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा २ सय ५० रूपैयाँ सम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ। 

पैसा आउने, थपेर पाउने नारासहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आईएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा २ सय ५० रूपैयाँ सम्मको क्यासब्याक पाइनेछ।  

बैंकले रेमिट्यान्स कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउने व्यक्तिले यस क्यासब्याक योजनाअन्तर्गत २५ हजार रूपैयाँ सम्म पैसा पठाउँदा एकसय रूपैयाँ , ५० हजार रूपैयाँ सम्म पैसा पठाउँदा दुईसय रूपैयाँ र ५० हजार रूपैयाँ भन्दा बढी पैसा पठाउँदा २ सय ५० रूपैयाँ क्यासब्याक प्राप्त गर्नेछन्।

यो योजना जनवरी ३१, २०२४ सम्म लागु रहने बैंकले जनाएको छ।

ग्लोबल आईएमई बैंकका अनुसार बैंकको नयाँ खाता खोलेर वा निष्क्रिय खातालाई पुनः सक्रिय बनाएर उक्त खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा २ सय ५० रूपैयाँ सम्म थप गरिदिने छ।

बैंकले ७७ वटै जिल्लामा रहेका शाखा सञ्जालबाट ४६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।


प्रकाशित : बुधबार, पुस २५ २०८०११:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend