सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

लगातार तेस्रो दिन घट्यो सुनको मूल्य

बुधबार, पुस २५ २०८०
लगातार तेस्रो दिन घट्यो सुनको मूल्य

बुधबार सुनको मूल्य प्रतितोला एकसय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- नेपाली बजारमा यो साता लगातार तेस्रो दिन सुनको मूल्यमा गिरावट आएको छ। आइतबार स्थिर रहेर सोमबार तोलामा सातसय र मंगलबार दुईसय रूपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला एक सय रूपैयाँले घटेको हो।

बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार पाँचसय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ९ सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

मंगलबार स्थिर रहेको चाँदीको मूल्य आज प्रतितोला पाँच रूपैयाँले घटेको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार चार सय १० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बुधबार, पुस २५ २०८०११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend