बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आकर्षक लाभांश, नगद र सेयर कति?

images
बुधबार, पुस २५ २०८०
images
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आकर्षक लाभांश, नगद र सेयर कति?
images
images

काठमाडौं- नयाँ जीवन बीमा कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि बोनस सेयर घोषणा गरेको छ।

images
images
images

कम्पनीको १२६ औं सञ्चालक समिति बैठकले सेयरधनीका लागि १६ प्रतिशत बोनस सेयर र सोमा कर प्रयोजनार्थ ०.८४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

images
images

उक्त बोनस सेयर बीमा प्राधिकरणको स्वीकृति तथा वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउने छन्। कम्पनीको हाल बजारमा सेयर मूल्य प्रतिकित्ता ५५८ रुपैयाँ छ।

images
images

गत साउन २३ गते मात्रै कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरी ३१ गते बाँडफाँट गरेको थियो।


प्रकाशित : बुधबार, पुस २५ २०८०११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend