बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

अरुण तेस्रो आयोजनाको सुरुङमा ढुङ्गाले लागेर एक मजदूरको ज्यान गयो

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर १६ २०७८
images
अरुण तेस्रो आयोजनाको सुरुङमा ढुङ्गाले लागेर एक मजदूरको ज्यान गयो
अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङ।

चिचिला गाउँपालिका-३ सोलाखानीस्थित अडिट ३ मा कार्यरत भारतको मध्यप्रदेशका ४५ वर्षीय मुगेरीलाल सिंहको ज्यान गएको हो।

images
images

किमाथाङ्का- सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदूरको ज्यान गएको छ। 

images
images
images

गए राति सुरुङभित्र काम गर्ने क्रममा ढुङ्गाले लागेर भारतीय मजदूर सिंह घाइते भएका थिए। उनको उपचारका क्रममा जिल्ला अस्पतालमा ज्यान गएको हो।

images
images

चिचिला गाउँपालिका-३ सोलाखानीस्थित अडिट ३ मा कार्यरत भारतको मध्यप्रदेशका ४५ वर्षीय मुगेरीलाल सिंहको मृत्यु भएको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।

images
images

घटनाबारे वास्तविकता पत्ता लगाउन प्रहरी घटनास्थलमा गएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए। सुरुङभित्र काम गर्न मजदूरलाई जोखिम छ। आयोजनाले सुरक्षा सामग्री उपलब्ध नगराएको मजदूरको गुनासो छ। 

आयोजनास्थलमा अस्पताल अभाव  

अरुण तेस्रो जलविद्युत् आयोजनास्थलमा अस्पताल नहुँदा मजदूरलाई समस्या भएको छ।

हाल उक्त आयोजनामा नेपाली र भारतीय गरी झण्डै तीन हजार मजदूर कार्यरत छन्। काम गर्दा चोटपकट लागे वा बिरामी भए मजदूरलाई टाढाको अस्पताल लैजानुपर्ने बाध्यता छ। समय–समयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने उनीहरुको माग छ। रासस


प्रकाशित : बिहीबार , मंसिर १६ २०७८०८:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend