मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

चुडामणि शर्माको मुद्दामा विशेषको फैसला चित्त नबुझेको भन्दै सर्वोच्च गयो अख्तियार

images
मंगलबार, पुस २४ २०८०
images
चुडामणि शर्माको मुद्दामा विशेषको फैसला चित्त नबुझेको भन्दै सर्वोच्च गयो अख्तियार

११ अर्ब २ करोड ५२ लाख २२ हजार २ सय २७ बिगो दाबी गरे पनि विशेष अदालतले ४ अर्ब ८६ करोड ८१ लाख ७५ हजार ३ सय ८० रुपैयाँ बराबरको बिगो कायम गरी गरेको फैसला त्रुटीपूर्ण भएको दाबी

images
images

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगमा दायर गरिएको मुद्दामा विशेष अदालत काठमाडौंबाट भएको फैसलाउपर चित्त नबुझेको जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

images
images
images

तत्कालीन कर फछर्यौट आयोगका पदाधिकारीहरू लुम्बध्वज महत, उमेशप्रसाद ढकाल र चुडामणि शर्मा ढकालविरुद्ध विशेष अदालतले कम जरिबाना हुने गरी फैसला गरेको भन्दै आयोग सर्वोच्च पुगेको हो। 

images
images

अख्तियारले उक्त मुद्दामा तीनजना प्रतिवादीविरुद्ध ११ अर्ब २ करोड ५२ लाख २२ हजार २ सय २७ बिगो दाबी गरे पनि विशेष अदालतले ४ अर्ब ८६ करोड ८१ लाख ७५ हजार ३ सय ८० रुपैयाँ बराबरको बिगो कायम गरी गरेको फैसला त्रुटीपूर्ण भएको दाबी गरेको छ।

images
images

विशेष अदालतले कर फछर्यौट आयोगका तत्कालीन अध्यक्ष महतलाई ९ वर्ष १ महिना र आयोगका सदस्य उमेशप्रसाद ढकाल र चुडामणि शर्मा ढकाललाई ९ वर्ष कैद सजाय हुने ठहर गरेको थियो।

आयोगले विभिन्न १० वटा बुँदामा विशेष अदालतबाट भएको फैसला त्रुटीपूर्ण रहेको दाबी गरेको छ।


प्रकाशित : मंगलबार, पुस २४ २०८०१९:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend