शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बागमती प्रदेशमा ४ महिनामा ५१ हजार ६ सय दुईपांग्रे सवारी दर्ता, कति उठ्यो राजस्व

बिहीबार , मंसिर १६ २०७८
बागमती प्रदेशमा ४ महिनामा ५१ हजार ६ सय दुईपांग्रे सवारी दर्ता, कति उठ्यो राजस्व

यो राजस्व नयाँ सवारी दर्ताका साथै नवीकरण र अन्य गैरकर राजस्वबाट संकलन भएको कार्यालयले जनाएको छ।  

काठमाडौं- बागमती प्रदेशमा रहेको यातायात व्यवस्था कार्यालय मोटरसाइकल सतुंगलमा चालु आर्थिक वर्षको ४ महिनामा ५१ हजार ६ सय ११ वटा मोटरसाइकल तथा स्कुटर दर्ता भएका छन्।

कोरोना महामारीको प्रभाव न्यून हुँदै गएकाले दुईपांग्रे सवारी किन्नेहरुको संख्या बढ्दै गएको छ। त्यसैका कारण दुईपांग्रे सुवारीको दर्ता बढेको हो।

बागमती प्रदेश सरकार अन्तर्गत काठमाडौं र मकवानपुरमा सवारी दर्ता कार्यालय रहेका छन्। मकवानपुरमा ठूला सवारी र मोटरसाइकल/स्कुटर एउटै कार्यालयमा दर्ता हुने गरेको छ। तर काठमाडौंमा भने मोटरसाइकल र साना/ठूला सवारी दर्ताका लागि अलग अलग कार्यालय रहेका छन्। 

मकवानपुरमा रहेको कार्यालयमा दुईपांग्रे सवारी भने न्यून संख्यामा दर्ता हुने गरेको छ। बागमती प्रदेशमा चल्ने अधिकांश मोटरसाइकल काठमाडौंकै कार्यालयमा दर्ता हुने गरेको छ।

साउनदेखि कात्तिक मसान्तसम्मको चार महिनामा ५१ हजार ६ सय ११ वटा मोटरसाइकल तथा स्कुटर दर्ता हुँदा सतुंगल कार्यालयले ९३ करोड ८६ लाख ५२ हजार २ सय १२ रुपैयाँ राजस्व संकलन गरेको छ। यो राजस्व नयाँ सवारी दर्ताका साथै नवीकरण र अन्य गैरकर राजस्वबाट संकलन भएको कार्यालयले जनाएको छ।  


प्रकाशित : बिहीबार , मंसिर १६ २०७८०८:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend