मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

मासिक एक लाख तलबमा माल्टामा काम लगाइदिन्छु भन्दै ११ लाख ठगी, दुईजना पक्राउ

images
मंगलबार, पुस २४ २०८०
images
मासिक एक लाख तलबमा माल्टामा काम लगाइदिन्छु भन्दै ११ लाख ठगी, दुईजना पक्राउ

काठमाडौंको धापासी बस्ने मोरङका टंकप्रसाद सुवेदी र ललितपुरको सातदोबाटो बस्ने विक्रम दाहाल पक्राउ परेका हुन्। उनीहरुले वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै ११ लाख ९० हजार रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

images
images

काठमाडौं- माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

images
images
images

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैँचा नगरपालिका-८ घर भई हाल काठमाडौं टोखा नगरपालिका-५ धापासी बस्ने क्यापिटल मेनपावरका सञ्चालक ४४ वर्षीय टंकप्रसाद सुवेदी र झापा बिर्तामोड नगरपालिका-४ घर भई ललितपुर, ललिपतुर महानगरपालिका-१५ सातदोबाटो बस्ने ३४ वर्षीय विक्रम दाहाल रहेका छन्।

images
images

वैदेशिक रोजगारीका लागि माल्टा पठाइ प्रतिष्ठित होटलमा मासिक ८० हजार तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी टंकप्रसादले एक जना पीडितबाट तीन लाख रूपैयाँ र विक्रमले एक जनालाई मासिक एक लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी आठ लाख ९० हजार रूपैयाँ ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

images
images

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले टंकप्रसादलाई काठमाडौं बसुन्धराबाट र विक्रमलाई ललितपुर सातदोबाटोबाट पक्राउ गरेको हो।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको पनि प्रहरीले जनाएको छ।


प्रकाशित : मंगलबार, पुस २४ २०८०१७:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend