मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

१ अर्ब २० करोडको लागतमा कपिलवस्तुमा सौर्य प्रणालीबाट १५ मेगावाट विद्युत उत्पादन हुने

images
मंगलबार, पुस २४ २०८०
images
१ अर्ब २० करोडको लागतमा कपिलवस्तुमा सौर्य प्रणालीबाट १५ मेगावाट विद्युत उत्पादन हुने
फाइल तस्बिर

यसका लागि १७ हेक्टक जग्गा भाडामा लिइने छ। यहाँ सौर्य प्रणाली निर्माण गरी १५ मेगावाट विद्युत उत्पादन गरिने रिपोर्टमा उल्लेख छ।

images
images

काठमाडौं- कपिलवस्तुमा सौर्य प्रणाली निर्माण गरी १५ मेगावाट विद्युत उत्पादन गरिने भएको छ। धरमनगर सोलार फार्ममार्फत विद्युत उत्पादका लागि वातावरणीय प्रभाव मूल्यांकन तयार पारिएको छ।

images
images
images

प्रस्तावित आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट वन तथा वातावरण मन्त्रालयले राय सुझावका लागि सार्वजनिक गरेको छ। आयोजनाको लागत १ अर्ब २० करोड  अनुमान गरिएको छ।

images
images

आयोजना कपिलवस्तुको शिवराज नगरपालिका-६ धरमनगर तथा मजगवाँ गाउँ नजिक रहने छ। यसका लागि १७ हेक्टक जग्गा भाडामा लिइने छ। जग्गा भाडामा लिइ सौर्य प्रणाली निर्माण गरी १५ मेगावाट विद्युत उत्पादन गरिने रिपोर्टमा उल्लेख छ।

images
images

आयोजनामा ग्राउन्ड माउन्ट गरिएको पीभी मोड्युलहरु जडान गरी निर्माण हुने छ। आयोजना सञ्चालन चरणमा सोलार प्यानल मुनिको जमिनमा भुइँकटहर, पालक, खुर्सानी, बेसार, अदुवा, घाँस, जडीबुटी लगायतका बहुबालीहरुको खेती गर्ने रहेको रिपोर्टमा उल्लेख छ। आयोजनाको काम १२ महिनामा सम्पन्न हुने छ।


प्रकाशित : मंगलबार, पुस २४ २०८०१५:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend