मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

दूरसञ्चार प्राधिकरणका अध्यक्षले दिए राजीनामा

images
मंगलबार, पुस २४ २०८०
images
दूरसञ्चार प्राधिकरणका अध्यक्षले दिए राजीनामा
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल

प्राधिकरणसँग सम्बन्धित खरिद, स्मार्ट टेलिकमको लाइसेन्स खारेजी, एनसेलको सेयर खरिदबिक्रीको प्रक्रिया चलिरहेको समयमा अध्यक्ष खनालले राजिनामा दिएका हुन्।

images
images

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन्। 

images
images
images

प्राधिकरणसँग सम्बन्धित खरिद, स्मार्ट टेलिकमको लाइसेन्स खारेजी, एनसेलको सेयर खरिदबिक्रीको प्रक्रिया चलिरहेको समयमा अध्यक्ष खनालले राजीनामा दिएका हुन्। 

images
images

खनालले सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई आफ्नो राजिनामा पत्र बुझाएको जानकारी दिए। भोलिदेखि लागु हुनेगरि राजीनामा दिएको उनले जानकारी दिए।  

images
images

शर्मा मन्त्री भएदेखि नै अध्यक्ष खनाललाई हटाउन खोजेकी थिइन्। प्राधिकरणसँग जोडिएका विषयमा निर्णय गराउनका लागि भन्दै शर्माले खनालालई दबाब दिएकी थिइन्। 

शर्माको दबाबअनुसार काम नगरेपछि मन्त्रालयका सल्लाहकारमार्फत खनालमाथि दबाब बढेको थियो। अध्यक्षकै सेवा सुविधा प्राधिकरणबाट दिनेगरि सल्लाहकार नियुक्त गरिएको थियो।


प्रकाशित : मंगलबार, पुस २४ २०८०१२:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend