सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

मंगलबार पनि घट्यो सुनको मूल्य, चाँदीको स्थिर

मंगलबार, पुस २४ २०८०
मंगलबार पनि घट्यो सुनको मूल्य, चाँदीको स्थिर

मंगलबार सुनको मूल्य प्रतितोला दुईसय रूपैयाँले घटेको छ भने चाँदीको मूल्य स्थिर छ।

काठमाडौं- मंगलबार पनि सुनको मूल्य घटेको छ। यो साता आइतबार स्थिर रही सोमबार तोलामा सातसय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार प्रतितोला दुईसय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ६ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँ कायम छ। 

चाँदीको मूल्य भने आज स्थिर छ। आइतबार स्थिर रहेर सोमबार प्रतितोला पाँच रूपैयाँले बढेको चाँदीको मूल्य आज स्थिर रहेको हो। सोमबार प्रतितोला १४ सय १५ रूपैयाँ मूल्य तोकिएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ। 


प्रकाशित : मंगलबार, पुस २४ २०८०११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend