मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

मंसिर मसान्तसम्ममा कामपाका १ लाख १९ हजार करदाताले बुझाए कर, उठ्यो २ अर्ब ६६ करोड राजस्व

images
मंगलबार, पुस २४ २०८०
images
मंसिर मसान्तसम्ममा कामपाका १ लाख १९ हजार करदाताले बुझाए कर, उठ्यो २ अर्ब ६६ करोड राजस्व

सोमबारमात्रै ३ करोड ९४ लाख ५१ हजार राजस्व संकलन भएको छ। यस वर्ष करदाताको संख्या ३ लाख ४३ हजार ६ सय ४० छ।

images
images

काठमाडौं- मंसिर मसान्तसम्ममा काठमाडौं महानगरपालिकाकाका एक लाख १९ हजार ४ सय ५९ जना करदाताले कर तिरेका छन्। यसरी तिरिएको करबाट २ अर्ब ६६ करोड ९८ लाख ४५ हजार ४९४ रुपैयाँ राजस्व संकलन भएको छ।  

images
images
images

यसमा ३५ हजार ५७ जना बहाल करदाता, ३१ हजार ९ सय १६ व्यवसाय करदाता र ५२ हजार ४ सय ८६ जना सम्पत्ति करदाता रहेको महानगरले जनाएको छ।

images
images

सोमबारमात्रै ३ करोड ९४ लाख ५१ हजार राजस्व संकलन भएको छ। चालु आर्थिक वर्षको यस अवधिमा आन्तरिक आय, बाँडफाँटबाट प्राप्त राजस्व र समानीकरण, सशर्तजस्ता आन्तरिक अनुदानबाट प्राप्त गरी ४ अर्ब ५१ करोड ५२ लाख ८१ हजार ९ सय ४७ रुपैयाँ जम्मा भएको छ। यो लक्ष्यको ४१.७८ प्रतिशत हो। 

images
images

यस वर्ष करदाताको संख्या ३ लाख ४३ हजार ६ सय ४० छ।

गएको वर्ष (आव २०७९/०८०) मा ३ लाख २४ हजार १ सय २० जना करदाता थिए। उनीहरुमध्ये आर्थिक वर्षभरिमा १ लाख ९१ हजार ८ सय ८६ जनाले कर तिरे। कर नतिर्नेको संख्या १ लाख ३२ हजार २ सय ३४ रहेको महानगरले जनाएको छ।

महानगरका अनुसार गएको आर्थिक वर्षको अन्त्यसम्ममा कर तिरेका करदाताको संख्यालाई चालु आर्थिक वर्षका लागि करदाताको संख्या मान्ने गरिएको छ। सोमबार बसेको राजस्व परामर्श समितिको बैठकमा सदस्य सचिव ध्रुव काफ्लेले करदाता र कर तिर्ने अभ्यासका विषयमा विवरण गरेका हुन्।


प्रकाशित : मंगलबार, पुस २४ २०८०१०:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend