मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

एकवर्षमै २ लाख नेपाली भिजिट भिसामा विदेश गए

स्थायी बसोबासका लागि ७० हजार र अस्थायी आवासीयका लागि ९२ हजार विदेशिए

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस २३ २०८०
images
एकवर्षमै २ लाख नेपाली भिजिट भिसामा विदेश गए

सन् २०२३ मा १६ लाख ३ हजार ८३६ नेपाली विभिन्न उद्देश्यका लागि नेपालीहरू विदेशिएका छन्। जसमा सबैभन्दा धेरै वैदेशिक रोजगारीमा गएका छन्।

images
images

काठमाडौ- सन् २०२३ मा २ लाख ४ हजार ५ सय १८ जना नेपाली भिजिट भिसामा विदेश गएका छन्। 

images
images
images

अध्यागमन विभागले प्रकाशित गरेको तथ्यांकअनुसार सन् २०२३ मा भिजिट भिसामा विदेश जानेमा पुरुषको संख्या धेरै रहेको छ। १ लाख ३० हजार ९२६ पुरूष र ७३ हजार ५७५ महिला भिजिट भिसामा विदेश गएका छन्। 

images
images

सन् २०२३ मा १६ लाख ३ हजार ८ सय ३६ नेपाली विभिन्न उद्देश्यका लागि विदेशिएका छन्। जसमा सबैभन्दा धेरै वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगारीमा जानेमा अधिकांश पुरूषको संख्या रहेको छ। 

images
images

त्यस्तै पारिवारिक भ्रमणमा जानेको संख्या १ लाख ६७ हजार रहेका छन्। 

एक वर्षमै स्थायी बसोबासका लागि भन्दै ७० हजार ९ सय १५ जना नेपाली बाहिरिएका छन्। अस्थायी बसोबासबा लागि भन्दै ९२ हजार ३ सय ४९ जना विदेशिएका छन्। 

Screenshot 2024-01-08 at 18.07.23.png


प्रकाशित : सोमबार, पुस २३ २०८०१८:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend