सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

धुलिखेल र मलंगवामा ग्लोबल आईएमई बैंकको नयाँ शाखा

सोमबार, पुस २३ २०८०
धुलिखेल र मलंगवामा ग्लोबल आईएमई बैंकको नयाँ शाखा

७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको ग्लोबल आईएमई बैंकले ४६ लाख ग्राहकलाई सेवा दिइरहेको छ।

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले २ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ।

बैंकले सर्लाहीको मलंगवा नगरपालिका-८, मलंगवा र काभ्रेको धुलिखेल नगरपालिका-३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। यी दुई नयाँ शाखाहरुबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध हुनेछन्। 

७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको ग्लोबल आईएमई बैंकले ४६ लाख ग्राहकलाई सेवा दिइरहेको छ।

बैंकले देशका तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले विभिन्न सेवासुविधाका योजना ल्याएर ग्राहकलाई लाभान्वित गरिरहेको छ।

संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स पनि भित्र्याउँदै आएको बैंकले जनाएको छ।


प्रकाशित : सोमबार, पुस २३ २०८०१७:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend