शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बैंकक उड्न लागेको नेपाल एयरलाइन्सको जहाजमा समस्या, १५२ यात्रु अलपत्र

सोमबार, पुस २३ २०८०
बैंकक उड्न लागेको नेपाल एयरलाइन्सको जहाजमा समस्या, १५२ यात्रु अलपत्र

काठमाडौं- काठमाडौंबाट बैंककतर्फ उड्न लागेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी जहाजमा समस्या देखिएको छ। जसले गर्दा उड्न लागेका १ सय ५२ जना यात्रु अलपत्र परेका छन्। 

नेपाल एयरलाइन्सको आरए ४०१ उडान नम्बरको न्यारोबडी उडाउने प्रयास सफल नभएपछि यात्रुलाई जहाजबाट ओरालेर टर्मिनल भवनमा फर्काइरहेको छ।

सोमबार दुईपटक उड्ने प्रयास गर्दा पनि सफल हुन नसकेको हो। यात्रु चढिसकेपछि पार्किङ क्षेत्रबाट रन-वेमा जान लाग्दा समस्या देखिएको बताइएको छ।

विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाले समस्या विमानमा देखिएकाले उडान नभएको साथै प्राविधिक विषयमा अहिले आफूहरूलाई जानकारी नभएको बताए। एयरलाइन्सले अहिले विस्तृत नबताए पनि प्राविधिक समस्या रहेको उल्लेख गरेको उनले जानकारी दिए। 

नेपाल एयरलाइन्ससँग अर्को जहाज नभएकाले पनि अलपत्र परेका यात्रुबारे अब के हुन्छ भन्ने टुंगो लागिसकेको छैन। यस विषयमा एयरलाइन्ससँग कुराकानी गर्न खोज्दा सम्पर्क भएन। 


प्रकाशित : सोमबार, पुस २३ २०८०१७:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend