मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

उद्योग परिसंघ र इण्डियन चेम्बर अफ कमर्सबीच आर्थिक सम्बन्ध अभिवृद्धि गर्ने समझदारी

images
सोमबार, पुस २३ २०८०
images
उद्योग परिसंघ र इण्डियन चेम्बर अफ कमर्सबीच आर्थिक सम्बन्ध अभिवृद्धि गर्ने समझदारी

यो साझेदारीले नेपाल र भारतबीच आर्थिक सम्बन्ध अभिवृद्धि गर्न सरोकारवालाहरुलाई प्लाटफर्म प्रदान गर्ने छ। साथै दुई देशबीच द्विपक्षीय सम्बन्ध विस्तार तथा पारस्परिक हितका लागि सहकार्य हुने सीएनआईले जनाएको छ।

images
images

काठमाडौं- नेपाल उद्योग परिसंघ (सीएनआई) र इण्डियन चम्बर अफ कमर्स (आईसीसी) बिच आर्थिक सम्बन्ध अभिवृद्धि गर्नेसम्बन्धी दुई वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ।

images
images
images

युनियन अफ एसियन चेम्बर (यूएसी) र समावेशीता तथा लैंगिक समानताका लागि सहकार्य गर्ने विषयमा समझदारी गरिएको हो।नेपाल उद्योग परिसंघले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र इण्डियन चेम्बर अफ कमर्सका अध्यक्ष अमेया प्रभुले हस्ताक्षर गरेका हुन्।

images
images

यो साझेदारीले नेपाल र भारतबीच आर्थिक सम्बन्ध अभिवृद्धि गर्न सरोकारवालाहरुलाई प्लाटफर्म प्रदान गर्ने छ। साथै दुई देशबीच द्विपक्षीय सम्बन्ध विस्तार तथा पारस्परिक हितका लागि सहकार्य हुने सीएनआईले जनाएको छ।

images
images

कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले नेपालमा पर्यटन, जलविद्युत, सुचना प्रविधि लगायतका क्षेत्रमा लगानीको अवसरहरु रहेको भन्दै नेपालमा लगानीका लागि भारतीय लगानीकर्ताहरुलाई आग्रह गरे। उनले नेपालको स्वास्थ्य सेवा क्षेत्र भित्रको अपार सम्भावना, शिक्षा र चियालगायतका क्षेत्रमा भएको लगानीको अवसरहरूबारे जानकारी गराए।

इण्डियन चेम्बर अफ कमर्सका अध्यक्ष प्रभुले नेपाल र भारतबीचको सम्बन्धलाई महत्त्व दिँदै दुवै देशले संयुक्त उद्यम र साझेदारीको हरेक अवसरको सदुपयोग गर्नुपर्ने बताए। पारस्परिक समृद्धि र दिगो विकासका लागि यस्ता सहकार्यको रणनीतिक महत्व रहेको उनले बताए।

परिसंघका उपाध्यक्ष निर्माण चौधरीले क्षेत्रीय व्यावसायिक विकासमा युएसीको महत्त्वबारे प्रकाश पारे। साथै उनले यूएसीले एसियन राष्ट्रहरुबीचमा आर्थिक सहकार्य तथा साझेदारी विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

परिसंघका उपाध्यक्ष अमित मोरले नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई सुदृढ गर्ने र क्षेत्रीय सहयोगलाई प्रवर्द्धन गर्न यो सहकार्य सहयोगी हुने बताए। 


प्रकाशित : सोमबार, पुस २३ २०८०१६:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend