सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

विद्यालय, सामाजिक र धार्मिक संस्थालाई महालक्ष्मी विकास बैंकको सहयोग

सोमबार, पुस २३ २०८०
विद्यालय, सामाजिक र धार्मिक संस्थालाई महालक्ष्मी विकास बैंकको सहयोग

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तररुपमा सञ्चालन गर्ने प्रतिबद्धता बैंकले जनाएको छ।

काठमाडौं- महालक्ष्मी विकास बैंक लिमिटेडले विद्यालय, सामाजिक संस्था र धार्मिक संस्थालाई विभिन्न सहयोग गरेको छ। बैंकका विभिन्न शाखाहरुले सामाजिक उत्तरदायित्तवअन्तर्गत उक्त सहयोग गरेका हुन्।

बैंकका न्यूरोड शाखाले हिमालय माध्यमिक विद्यालय, न्यूरोडलाई एक थान प्रिन्टर प्रदान गरेको छ। विद्यालयको प्रशासनिक तथा दैनिक कार्यमा सहयोग पुर्‍याउने हेतुले उक्त प्रिन्टर प्रदान गरिएको हो। न्यूरोड शाखाका प्रमुख कुमार अधिकारीले विद्यालयका प्रधानाध्यापक हिरा मर्हजनलाई प्रिन्टर हस्तान्तरण गरेका थिए।

त्यसैगरी बैंकको गोगंबु शाखाले काठमाडौं महानगरपालिका वडा नं २६ मा अवस्थित पवित्रनगर समाजलाई आर्थिक सहयोग प्रदान गरेको छ। समाजको कार्यालय कक्षमा स्थापना गर्न लागिएको सार्वजनिक पुस्तकालयमा आवश्यक पुस्तक तथा अन्य सामाग्रि खरिद गर्नका लागि बैंकले उक्त सहयोग गरेको हो। गोगंबु शाखाका प्रमुख अमिता बगालेले पवित्रनगर समाज समितिका अध्यक्ष सूर्यमणि पौडेललाई तिस हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेकी हुन्।

यस्तै बसुन्धरा शाखाले टोखा नगरपालिका-४ स्थित श्रीकृष्ण धार्मिक संघलाई २ थान उफर हस्तान्तरण गरेको छ। श्रीकृष्ण मन्दिरमा नियमितरुपमा २ वटा हलमा भजन कीर्तन गरिने गरेको तर आर्थिक अभावका कारण उफरको व्यवस्था गर्न नसकिएकाले बैंकले उक्त सहयोग प्रदान गरेको हो। बसुन्धरा शाखाका प्रमुख विकास देवकोटाले श्रीकृष्ण धार्मिक संघलाई उफर हस्तान्तरण गरेको बैंकले जनाएको छ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तररुपमा सञ्चालन गर्ने प्रतिबद्धता बैंकले जनाएको छ। 


प्रकाशित : सोमबार, पुस २३ २०८०१६:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend