मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

गुल्मीमा मकै र धानको बीउको मूल्य निर्धारण, कुनको कति?

images
सोमबार, पुस २३ २०८०
images
गुल्मीमा मकै र धानको बीउको मूल्य निर्धारण, कुनको कति?

पछिल्लो समयमा जिल्लामा स्थानीय उन्नत जातको बीउभन्दा हाइब्रिड बीउको प्रयोग बढ्दो छ। यहाँका किसानले मकै खेतीमा ७० प्रतिशत र धानमा ८० प्रतिशत हाइब्रिड बीउ प्रयोग गर्ने गरेका छन्।

images
images

गुल्मी- गुल्मीमा मकै र धानको बीउको मूल्य निर्धारण गरिएको छ। जिल्ला खाद्यान्नबाली बीउ उत्पादक सञ्जालको आज सदरमुकाम तम्घासमा बसेको बैठकले चालु आर्थिक वर्षका लागि खरिद र बिक्री बीउको मूल्य निर्धारण गरेको हो।

images
images
images

बीउ उत्पादक सञ्जालले जिल्लाभित्र मनकामना र देउतीको मूल बीउ प्रतिकिलो खरिद एक सय पाँच रूपैयाँ र बिक्री एक सय २५ रूपैयाँ तोकेको छ। त्यसैगरी अरुण-२ खरिद एक सय २० रूपैयाँ र बिक्री एक सय ४० रूपैयाँ निर्धारण गरिएको सञ्जालका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए।

images
images

प्रमाणित बीउअन्तर्गत भने देउती र मनकामना खरिद प्रतिकेजी ९५ रूपैयाँ र बिक्री एक सय रूपैयाँ कायम गरिएको छ। गतवर्षको तुलनामा यसवर्ष जिल्लामा मकैको बीउको उत्पादन घटेको छ। गतवर्ष पाँच सय २७ क्विन्टल बीउ उत्पादन भएकामा यसवर्ष तीन सय ७७ क्विन्टल मात्र बीउ उत्पादन भएको छ। जिल्लामा यसवर्ष ४० लाख रूपैयाँ बराबरको मकैको बीउ उत्पादन भएको उनले बताए।

images
images

यसवर्ष एक सय ५६ मेट्रिकटन मकैको बीउ उत्पादन हुने लक्ष्य लिएकामा लक्ष्यभन्दा कम ३७ दशमलव सात मेट्रिकटन मात्र बीउ उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी गराए। जिल्लामा पाँच सय ६१ मेट्रिकटन कमैको बीउ आवश्यक पर्नेमा बीउ उत्पादन निकै चिन्ताजनक अवस्थामा रहेको उनको भनाइ थियो। 

जिल्लामा उन्नत बीउको उत्पादन घट्नुमा किसानले उत्पादन बढाउन हाइब्रिड बीउ प्रयोग धेरै गर्नु र बाँदर र बँदेलजस्ता वन्यजन्तुले मकैबारीमा नोक्सान गर्नु मुख्य कारण रहेको स्थानीय बाँसखर्क कृषि सहकारीका अध्यक्ष टोपलाल पाण्डेले बताए।

त्यसैगरी बीउ उत्पादक सञ्जालले स्थानीय धानको बीउको मूल्य पनि निर्धारण गरेको छ। निर्धारित मूल्यअनुसार स्थानीय हँसराज धान खरिद प्रतिकेजी एक सय र बिक्री एक सय १५ रूपैयाँ कायम गरिएको छ। चैत-५ र खुमल-१० प्रतिकेजी खरिद ८० रूपैयाँ र बिक्री ९० र मकवानपुर-१ खरिद प्रतिकेजी ७० र बिक्री प्रतिकेजी ८० रूपैयाँ निर्धारण गरिएको छ।

पछिल्लो समयमा जिल्लामा स्थानीय उन्नत जातको बीउभन्दा हाइब्रिड बीउको प्रयोग बढ्दो छ। यहाँका किसानले मकै खेतीमा ७० प्रतिशत र धानमा ८० प्रतिशत हाइब्रिड बीउ प्रयोग गर्ने गरेको केन्द्रका कृषिप्रसार अधिकृत शिवलाल बञ्जाडेले जानकारी दिए। रासस 


प्रकाशित : सोमबार, पुस २३ २०८०१६:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend