सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

जाडो मौसममा गाडी सुरक्षित राख्न पुस २४ देखि सुजुकीको ‘विन्टर फ्रि सर्भिस’

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस २३ २०८०
जाडो मौसममा गाडी सुरक्षित राख्न पुस २४ देखि सुजुकीको ‘विन्टर फ्रि सर्भिस’

सुजुकी ग्राहकलाई यो विषयमा जानकारी गराउन र उनीहरुको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प सञ्चालन हुनलागेको सीजी मोटोकर्प जनाएको छ।

काठमाडौं- नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङसको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले पुस २४ देखि २६  गतेसम्म विन्टर फ्रि  सर्भिस क्याम्पको आयोजना गर्ने भएको छ। 

जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्नसक्ने भएकाले गाडीको नियमित सर्भिसका लागि उक्त क्याम्प आयोजना गरिएको कम्पनीको भनाइ छ।

सुजुकी ग्राहकलाई यो विषयमा जानकारी गराउन र उनीहरुको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प सञ्चालन हुनलागेको सीजी मोटोकर्प जनाएको छ। 

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनका साथै  ग्राहकहरुले  लक्की ड्रमार्फत वर्ष भरीको लागि पाट्र्स र कन्जुमेबल्स सहितको सर्भिस प्याकेज पनि जित्न सक्नेछन्। 

सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी र हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउने छन्। त्यसैगरी एसडीटी डायग्नोसिस र ह्वील एलाइनमेन्टमा उनीहरुले ५० प्रतिशत छुट पाउने छन्। साथै पाट्र्स र एसोसरिजमा १० प्रतिशत छुट र लेवर चार्जमा पनि २० प्रतिशत छुट पाइने कम्पनीले जनाएको छ। 

सुजुकीको विन्टर सर्भिस क्याम्प नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ। ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ।


प्रकाशित : सोमबार, पुस २३ २०८०१२:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend