मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

नेपालमा बहुपक्षीय क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्रीकाे आह्वान

images
सोमबार, पुस २३ २०८०
images
नेपालमा बहुपक्षीय क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्रीकाे आह्वान

नेपाल यतिबेला दक्षिण एसियामै लगानीका लागि उपयुक्त रहेकाे र लगानीको वातावरण बनाउन सरकार लागि परिरहेकाे उनले स्पष्ट पारे।

images
images

काठमाडौं- अर्थमन्त्री प्रकाशशरण महतले नेपालमा बहुपक्षीय क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्तालाई आग्रह गरेका छन्।

images
images
images

नेपाल-भारत बिजनेस फोरमले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री महतले नेपाल सानाे देश भएपनि स्राेतसाधानले धनी तथा सम्पन्न भएको भन्दै लगानीका लागि आग्रह गरेका हुन्।

images
images

'नेपाली बजार उदाउँदो बजार हो। यहाँ शिक्षा, स्वास्थ्य, हाइड्रो, कृषि, प्रविधि, पर्यटनलगायतका क्षेत्रमा प्रशस्त सम्भावना छन्', अर्थमन्त्री महतले भने, 'नेपालमा ६० प्रतिशत हिमाल र पहाडी क्षेत्र छन्, यहाँ हिल स्टेसनमा पर्यटन र स्वास्थ क्षेत्रमा लगानी गर्नु झनै उपयुक्त छ।' 

images
images

नेपाल यतिबेला दक्षिण एसियामै लगानीका लागि उपयुक्त रहेकाे र लगानीको वातावरण बनाउन सरकार लागि परिरहेकाे स्पष्ट पार्दै यहाँ लगानी गरेर फाइदा लिनसमेत भारतीय लगानीकर्तालाई आग्रह गरे।

लगानी सम्मेलनमार्फत नेपालमा विदेशी लगानी ल्याउन थप पहल गर्न लागेकाे समेत अर्थमन्त्री महतले उल्लेख गरे।

नेपाल लगानीका लागि दीर्घकालीन गन्तव्य हुन सक्ने बताउँदै नेपालकाे दुई तिहाइ व्यापारकाे साझेदार रहेकाे समेत उनले बताए। 'लगानी गर्न दक्षिण एसियाकै इमर्जिङ कन्ट्री हाे नेपाल। अहिले पनि सयाैँ मेगावाट लगानीमा भारतीय लगानीकर्ताकाे चासाे छ। कतिपय निर्माणकाे चरणमा छन्', उनले भने।

अहिले विद्युतीय ईकाे सिस्टम बनाउन लागि परिरहेकाे समेत अर्थमन्त्री महतले बताए। विद्युत व्यापारमा बजारकाे ग्यारेन्टी गर्ने चरणमा रहेकाे उनले जानकारी दिए। अहिले पर्यटन क्षेत्रमा पनि नयाँ सय गन्तव्य छनाेट गरेर लगानीकाे वातावरण बनाउन लागिरहेकाे समेत उनले बताए।


प्रकाशित : सोमबार, पुस २३ २०८०११:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend