सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

प्रतितोला सातसय रूपैयाँले घट्यो सुनको मूल्य

सोमबार, पुस २३ २०८०
प्रतितोला सातसय रूपैयाँले घट्यो सुनको मूल्य

सुनको मूल्य सोमबार प्रतितोला सात सय रूपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच रूपैयाँले घटेको छ।

काठमाडौं- सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार प्रतितोला ७ सय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला पाँच रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ८ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार दुई सय ५० रूपैयाँ कायम छ।

चाँदी आज प्रतितोला एक हजार चार सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : सोमबार, पुस २३ २०८०११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend