सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

इन्स्टिच्युट अफ चाइल्ड हेल्थमा नयाँ अस्पताल वार्ड बनाउन एनएमबि बैंकको २५ लाख सहयोग

आइतबार, पुस २२ २०८०
इन्स्टिच्युट अफ चाइल्ड हेल्थमा नयाँ अस्पताल वार्ड बनाउन एनएमबि बैंकको २५ लाख सहयोग

एनएमबि बैंकले हाल देशभरका दुई सय एक शाखा, एक सय ७१ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ।

काठमाडौं- एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थमा नयाँ अस्पताल वार्ड निर्माण गर्नका लागि २५ लाख रूपैयाँ सहयोग गरेको छ। बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत चाइल्ड हेल्थ २५ लाख सहयोग गरेको हो।

एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोइरालाबीच सोसम्बन्धी सहमति आदनप्रदान गरिएको बैंकले जनाएको छ।

यस योगदानले अस्पतालमा बालमैत्री वार्ड निर्माण गर्न मद्दत गरी बाल सवास्थ्य सुधार गर्ने प्रयासमा सहायता पुर्‍याउने बैंकको विश्वास छ। यस सहकार्यले बैंक र अस्पतालको बाल सवास्थ्य सेवा सुधार्ने संयुक्त प्रयासलाई सशक्त रुपमा दर्शाउने बैंकको भनाइ छ।

एनएमबि बैंकका अनुसार बैंकले समाजमा दिगो सकारात्मक परिवर्तनको पहल गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यहरु आयोजना गर्दै आइरहेको छ। 

बैंकले हाल देशभरका दुई सय एक शाखा, एक सय ७१ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ।


प्रकाशित : आइतबार, पुस २२ २०८०१८:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend