मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित श्रीलंकाली महिला पक्राउ

images
आइतबार, पुस २२ २०८०
images
त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित श्रीलंकाली महिला पक्राउ
फाइल तस्बिर

गएराति १ बजे काठमाडौं आएकी ५४ वर्षीया श्रीलंकाली नागरिक कान्थी माथी कावस्कर सुनसहित पक्राउ परेकी हुन्।

images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो तीन सय ग्राम अवैध सुनसहित एकजना महिला पक्राउ परेकी छिन्।

images
images
images

पक्राउ पर्नेमा फ्लाइ दुबईको उडान नम्बर एफजेड ५७३ बाट गएराति १ बजे काठमाडौं आएकी ५४ वर्षीया श्रीलंकाली नागरिक कान्थी माथी कावस्कर रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले जानकारी दिए।

images
images

उनका अनुसार राहदानी नम्बर ८१५१३८५ भएकी निज महिलाले लगाएको ब्राभित्र प्लाष्टिकले बेरेको अर्धठोस सुन दुई पोका तौल पाँच सय ग्राम तथा लगाएको कट्टुभित्र आठ सय ग्राम सुन गरी कुल एक किलो तीन सय ग्राम सुन बरामद गरिएको हो।

images
images

उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस


प्रकाशित : आइतबार, पुस २२ २०८०१२:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend