मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

काटिएको लाइन जोड्न माग गर्दै भैरहवा क्षेत्रका उद्योगी र मजदूरहरू आन्दोलित

images
आइतबार, पुस २२ २०८०
images
काटिएको लाइन जोड्न माग गर्दै भैरहवा क्षेत्रका उद्योगी र मजदूरहरू आन्दोलित

नेपाल विद्युत प्राधिकरणले ६१ उद्योगको २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता रहेको भन्दै २३ उद्योगको बिजुली काटिसकेको छ।

images
images

काठमाडौं- डेडिकेटेड र ट्रंकलाइनको विवाद मिलाउन छाडेर उद्योगको लाइन काटिएको भन्दै भैरहवा क्षेत्रका उद्योगी तथा मजदूरहरू आन्दोलित भएका छन्।

images
images
images

नेपाल विद्युत प्राधिकरणले दुईसाता अगाडिदेखि पटक पटक गरी २३ उद्योगमा बिजुलीको लाइन काटेको छ। जसका कारण सबैभन्दा बढी भैरहवा क्षेत्रका उद्योगी मारमा परेका छन्।

images
images

सिद्धार्थ उद्योग वाणिज्य संघको नेतृत्वमा आइतबार बिहानैदेखि ब्यानर र प्लेकार्ड लिएर आन्दोलन भइरहेको हो।

images
images

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध आक्रामक भएका उद्योगीले ‘कुलमान दोषी नबचाऊ, उद्योगीलाई नसताऊ’ भन्दै नाराबाजी गरेका छन्। 

नेपाल विद्युत प्राधिकरणले ६१ उद्योगको २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता रहेको भन्दै २३ उद्योगको बिजुली काटिसकेको छ।

bijuli aandolan.jpg

प्राधिकरणले बक्यौता बाँकी रहेका ६१ वटै उद्योगको बिजुली काट्ने घोषणा गरिसकेको छ। यसले सबैभन्दा बढी लुम्बिनी प्रदेशमा असर पारेको छ। भैरहवा क्षेत्रमा ६१ मध्ये ३१ उद्योग रहेका छन्। प्राधिकरणले काटेका र २३ मध्ये अधिकांश भैरहवा क्षेत्रका उद्योग रहेका छन्। बाँकी लाइन काटिनेमा पनि भैरहवा क्षेत्रमै पर्ने देखिएको छ। 

लुम्बिनी प्रादेशिक कार्यालय अन्तर्गत जिबी टेक्सटाइल, नारायण रबर उद्योग, अर्घाखाँची सिमेन्ट, विशाल सिमेन्ट, शुभश्री अग्नी सिमेन्ट, एभरेष्ट रेलिंग मिल, सोना पोलिमर्स रहेका छन्।

त्यस्तैगरी विनायक स्पात, जगदम्बा सिन्थेटिक, एसआर फुड्स, घराना फुड्स सिद्धार्थ पेटप्लास्ट, सोना प्याकेजिङ, गोयन्का फुड्स, भलवारी स्वचालित कारखाना, श्याम प्लाष्टिक उद्योग, पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टील, एस आर स्टील पनि भैरहवा क्षेत्रमै रहेका छन्।

त्यस्तैगरी नव नेपाल प्लाष्टिक, शुभलक्ष्मी पोलिमर्स, नेशनल रबर इण्डस्ट्रीज, जयदुर्गा प्लाष्टिक इण्डस्ट्रिज, यशोधा फुड, ए.जी हेल्थ इण्डस्ट्रिज, सर्वोत्तम सिमेन्ट, बुटवल सिमेन्ट, सिद्धीलक्ष्मी स्टिल र लक्ष्मी स्टिल गरी ३१ उद्योग रहेका छन्। 


प्रकाशित : आइतबार, पुस २२ २०८०११:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend