सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

टाटा मोटर्स फन कार्निभल ३.० आयोजनाको आज अन्तिम दिन

आइतबार, पुस २२ २०८०
टाटा मोटर्स फन कार्निभल ३.० आयोजनाको आज अन्तिम दिन

मेला यहि पुस २० गतेदेखि सुरु भएको थियो।

काठमाडौं- नेपालका लागि टाटा मोटर्सको अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले आयोजना गरेको ‘टाटा मोटर्स फन कार्निभल ३.०’को आज अन्तिम दिन रहेको छ। 

यो योजानामा जुनसुकै ब्रान्डका पुराना गाडीहरुँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन ईभी र टियागो ईभीलगायतका गाडीहरु साट्न सकिनेछ। 

ग्राहकवर्गको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरु प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको कम्पनीले जनाएको छ। मेला यहि पुस २० गतेदेखि सुरु भएको थियो। 

आजसम्म चल्ने यो मेला उपत्यकाभित्र टाटा मोटर्सको शोरुम थापाथली, वेष्टर्न मोटर्स महाराजगंज , जेबी मोटर्स बालकुमारीमा, सिप्रदी ट्रेडिङ प्रालि राधेराधे, भक्तपुर र उपत्यका बाहिर इटहरी र धनगढीमा आयोजना भइरहेको छ। 

फन कार्निभल ३.० मा टाटाका गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रुपमा ईभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा विद्युतीय स्कुटर प्राप्त गर्नेछन्। यस कार्निभलका मुख्य उदेश्य भनेको ग्राहकवर्गलाई खेल तथा मनोरञ्जन मार्फत नौलो अनुभुति गर्दै गाडी किन्ने फरक एक्सपेरियन्स प्रदान गर्नु रहेको छ। 

यस कार्यक्रमको अबसरमा ग्राहकले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने छन्। 


प्रकाशित : आइतबार, पुस २२ २०८०१०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend