शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

अमेरिकामा ‘बोइङ म्याक्स नाइन’ जहाज ग्राउन्डेड

आइतबार, पुस २२ २०८०
अमेरिकामा ‘बोइङ म्याक्स नाइन’ जहाज ग्राउन्डेड

बोइङ ७३७ को चौथो पुस्ताको जहाज म्याक्स उडानमा आएदेखि श्रृखलाबद्ध समस्या देखिएका छन्। सन् २०१६ देखि उडानमा आएको यो मोडलका जहाजमा यसअघि नै समस्या देखिएको थियो।

काठमाडौं- सुरक्षा चासोको कारण देखाउँदै संयुक्त राज्य अमेरिकाले बोइङ म्याक्सको एक मोडलका सबै जहाज ग्राउन्डेड गरेको छ। 

अमेरिकाको उड्डयन नियामकले बोइङ म्याक्स नाइन जहाज अस्थायी रुपमा ग्राउन्डेड गरिदिएको छ। 

अलास्का एयरले उडान गरिरहेको सो मोडलको जहाजमा समस्या देखिएपछि सबै जहाजको एयर वेर्दिनेस परीक्षण गर्नुपर्ने भन्दै अमेरिकी नियामकले अस्थायी रुपमा ग्राउन्डेड गरिदिएको हो। 

शुक्रबार अलस्का एयरको जहाज ओरिगेनबाट ओन्टारियोका लागि उडेको थियो। उडानकै क्रममा  बाँयातिर प्रेसराइजसेनमा समस्या देखिएको भन्दै पाइलटले आपतकालीन अवतरण गराएका थिए। 

अलास्का एयरको जहाजमा समस्या देखिएपछि बोइङको ७३७ म्यासक नाइन जहाज सबैलाई अमेरिकी भूभागमा उडानमा रोक लगाउने निर्णय भएको छ। यसबाट तत्कालका लागि सबै एयरलाइन्सका १७१ वटा जहाज ग्राउन्डेड भएका छन्। 

अनुसन्धानको प्रक्रिया चलिरहेको भन्दै नियमकले शनिबार ग्राउन्डेड गर्ने निर्णय गरेको थियो। 

बोइङ ७३७ को चौथो पुस्ताको जहाज म्याक्स उडानमा आएदेखि श्रृखलाबद्ध समस्या देखिएका छन्। सन् २०१६ देखि उडानमा आएको यो मोडलका जहाजमा यसअघि नै समस्या देखिएको थियो। 

यसअघि सन् २०१८ र २०१९ मा गरी यही सिरिजका जहाज दुर्घटना हुँदा ३४६ जनाको ज्यान गएको थियो। सो घटनापछि २ वर्षसम्म म्याक्स ८ र नाइन जहाज ग्राउन्डेड भएका थिए। 

अमेरिकामा ग्राउन्डेड भएपछि यो मोडलका जहाज उडानमा रहेका अन्य देशमा पनि परीक्षणका लागि भन्दै ग्राउन्डेड भइरहेका छन्। टर्किस एयरलाइन्सले पनि ५ वटा आफ्ना जहाज ग्राउन्डेड गरेको छ।


प्रकाशित : आइतबार, पुस २२ २०८००९:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend