मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

नुनमा आयोडिनको मात्रा बढी भएको भन्दै उजुरी, ल्याब परीक्षण हुँदै

images
शुक्रबार, पुस २० २०८०
images
नुनमा आयोडिनको मात्रा बढी भएको भन्दै उजुरी, ल्याब परीक्षण हुँदै

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा भने नुनमा बढी आयोडिन भएको कारण थाइराइड बढेको भन्दै उजुरी आएको हो।

images
images

काठमाडौं- आयातित आयोडिन नुनको गुणस्तर परीक्षण हुने भएको छ। बजारमा मापदण्डभन्दा बढी आयोडिन प्रयोग भएको नुन रहेको भन्दै गुनासो तथा उजुरी परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारबाट आयोडिन नुनको नमूना संकलन गरेर परीक्षणका लागि ल्याबमा पठाएको छ।

images
images
images

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ल्याबमा परीक्षणका लागि पठाइएको हो। भारतबाट आयातित आयोडिन नुनमा मापदण्डभन्दा बढी आयोडिन राखेर पठाएको सूचना तथा गुनासोका आधारमा नमूना परीक्षण सुरु भएको विभाग स्रोतले बतायो। 

images
images

नुनमा आयोडिनको मात्रा बढी तथा घटी दुवै हुँदा थाइराइडको रोग देखिन सक्ने डाक्टरहरू बताउँछन्। आयोडिनको मात्रा पनि उमेरअनुसार फरक फरक चाहिन्छ तर आयोडिनकै कारण थाइराइड बढेको हो वा होइन यस विषयमा भने अध्ययन भएको छैन। डाक्टहरूले पनि पछिल्लो समय थाइराइड रोगीको संख्या भने बढेको बताउँछन्।

images
images

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा भने नुनमा बढी आयोडिन भएको कारण थाइराइड बढेको भन्दै उजुरी आएको हो।

नुनमा आयोडिनको मात्रा ५० पीपीएम भन्दा बढी राख्नुपर्ने प्रावधान रहेको छ। नेपालमा हाल आयोडिनयुक्त नुनको मापदण्डमा उत्पादन स्थलमा ५० पीपीएम नघटाइ र बिक्री स्थलमा ३० पीपीएम नघटाइ हुनुपर्ने व्यवस्था रहेको छ। साथै उपभोग बिन्दुमा नुनमा आयोडिनको मात्रा कम्तीमा १५ पीपीएम हुनुपर्ने भनिएको छ।

सबै स्थानमा यातायातको सुविधा नपुगेको, भण्डारणको अभ्यास र स्थल उपयुक्त नभएको देखिएकाले उपभोक्तासम्म पुग्दा नुनमा मिसाएको आयोडिन नाश भएर जानसक्छ भन्ने आधारमा उत्पादन स्थलमा ५० पीपीएमभन्दा बढी राख्नुपर्ने प्रावधान छ।


प्रकाशित : शुक्रबार, पुस २० २०८०१७:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend