शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

करण चौधरी समूहको प्यानल घोषणा, अन्तिमसम्म सहमतिकै लागि प्रयास गर्छु : चौधरी

बुधबार, मंसिर १५ २०७८
करण चौधरी समूहको प्यानल घोषणा, अन्तिमसम्म सहमतिकै लागि प्रयास गर्छु : चौधरी

यसअघि १४ जना कार्यसमिति सदस्य र १ जना अध्यक्ष निर्वाचित हुने व्यवस्था थियो। संघीय संरचनामा गएपछि १७ जना कार्यसमिति सदस्य र १ जना अध्यक्ष निर्वाचित हुने व्यवस्था गरिएको छ। 

काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आसन्न ४५औं वार्षिक साधारण सभा तथा निर्वाचन आगामी साता हुँदै छ। नयाँ नेतृत्वका लागि मंसिर २२ र २३ गते निर्वाचनको मिति तय भएको छ। त्यसका लागि वर्तमान कार्यसमितिका उपाध्यक्ष करण चौधरीले आफ्नो प्यानल सार्वजनिक गरेका छन्। 

बुधबार एक कार्यक्रम गरि अध्यक्ष पदका उम्मेद्वार करण चौधरीले आफ्नो समूहका सदस्यहरु सार्वजनिक गर्दै प्यालन घोषणा गरेका हुन्। चौधरीको सो प्यानलमा अटोमाबाइल क्षेत्रमा लामो अनुभव बोकेका व्यवसायीदेखि नयाँ युवा पूस्ताका समेत समेटिएका छन्। 

सम्पूर्ण अटोमोबाइल क्षेत्रको प्रतिनिधित्व गर्ने चारपांग्रे, दुईपांग्रे, व्याट्री, लुब्रिकेन्ट, टायर, स्पेयर पार्टस्, हेभिइक्युपमेन्टलगायत सबै क्षेत्रलाई समेटर टिम बनेको चौधकरीले जनाएका छन्। 

नाडा संघीय संरचनामाम गइरहेकाले मोफसलबाट प्रतिनिधित्व भइसकेको छ अब उनीहरुलाई सक्रिय र प्रभावकारी बनाउन आफू लागि पर्ने चौधरीको भनाइ छ। ‘हामीले नाडामा सबै क्षेत्रलाई समेटिसकेका छौं। संघीय संरचनामा आएको नाडालाई अब सक्षम र प्रधावकारी बनाउन हामी निर्वाचित भएपछि काम गर्ने छौं,’ चौधरीले भने, ‘नाडालाई सहमतिमै लाने हाम्रो चाहना बाँकी नै छ। भोट खसाल्नु पूर्वसम्म पनि हामी सहमतिको प्रयास जारी नै राख्छौं।’ 

चौधरीको प्यानलमा अनुपकुमार बराल, सुरेन्द्र कुमार उप्रेती (सुरेश), विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योती, मिलनबाबु मल्ल, निलमणी पाठक (राम), पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, सुनिल रिजाल, वरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, देवराज भण्डारी, गोपाल भट्टराई र गंगाराज भट्टराई रहेका छन्। 

विगतको तुलनामा नाडा निक्कै सक्षम भएको भन्दै नाडाका उपाध्यक्ष तथा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले अहिले सरकारले अटोमोबाइल क्षेत्रसँग सम्बन्धित नीति बनाउँदा नाडासँग छलफल गरे गरेको बताए। ‘नाडाको नयाँ नेतृत्वका लागि सहमतीको प्रयास भइरहेको र अन्तिमसम्म प्रयार जारी रहन्छ,’ श्रेष्ठले भने, ‘सहमती नभए प्रजातान्त्रिक प्रक्रियामा जानुको विवल्प हामीसँग छैन।’ 

नाडाका सदस्य व्यवसायीहरुलाई सबल बनाउन संस्थाले काम गरिरहेको र नयाँ निर्वाचित कार्यसमितिले त्यसलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता नाडाका वर्तमान महासचिव सुनिल रिजालले बताए। 

यसअघि १४ जना कार्यसमिति सदस्य र १ जना अध्यक्ष निर्वाचित हुने व्यवस्था थियो। संघीय संरचनामा गएपछि १७ जना कार्यसमिति सदस्य र १ जना अध्यक्ष निर्वाचित हुने व्यवस्था गरिएको छ। 

उपाध्यक्ष, महाचनिव, सचिवलगायत पदाधिकारीको निर्वाचन भने कार्यसमिति सदस्यहरुबाटै हुने व्यवस्था रहेको छ।  


प्रकाशित : बुधबार, मंसिर १५ २०७८१४:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend