सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

टाटा मोटर्स ‘फन कार्निभल ३.०’ आजबाट सुरु

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस २० २०८०
टाटा मोटर्स ‘फन कार्निभल ३.०’ आजबाट सुरु

ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरुप्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको सिप्रदीले जनाएको छ।

काठमाडौं- नेपालका लागि टाटा मोटर्सको अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्स ‘फन कार्निभल ३.०’ कार्यक्रम आजबाट सुरु भएको छ। 

यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन ईभी र टियागो ईभीलगायतका गाडीहरु साट्न सकिनेछ।

ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरुप्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको सिप्रदीले जनाएको छ।

मेला यही पुस २० गतेदेखी २२ गतेसम्म उपत्यकाभित्र टाटा मोटर्सको शोरुम थापाथली, वेष्टर्न मोटर्स महाराजगञ्ज, जेबी मोटर्स बालकुमारीमा, सिप्रदी ट्रेडिङ प्रालि राधेराधे र उपत्यका बाहिर इटहरी र धनगढीमा आयोजना गरिएको कम्पनीले जनाएको छ। 

फन कार्निभल ३.० मा टाटाका गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रुपमा ईभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा विद्युतीय स्कुटर प्राप्त गर्नेछन्। यस कार्निभलका मुख्य उदेश्य भनेको ग्राहकलाई खेल तथा मनोरञ्जन मार्फत नौलो अनुभुति गर्दै गाडी किन्ने फरक एक्सपेरियन्स प्रदान गर्नु रहेको सिप्रदीको भनाइ छ। 

यस कार्यक्रमको अबसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सकिने छ। साथै यस कार्यक्रममा सहभागी भइ नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउने सिप्रदीले अनुरोध गरेको छ।


प्रकाशित : शुक्रबार, पुस २० २०८०१५:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend