शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

श्री एयरलाइन्सले जनवरीभित्र ल्याउने भयो दुई जहाज

शुक्रबार, पुस २० २०८०
श्री एयरलाइन्सले जनवरीभित्र ल्याउने भयो दुई जहाज

काठमाडौं- आन्तरिक उडानमा रहेको श्री एयरलाइन्सले दुईवटा जहाज ल्याउने भएको छ। जहाज ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको एयरलाइन्सले जनाएको छ।

श्री एयरलाइन्सका बजार व्यवस्थापक अनिल मानन्धरका अनुसार जहाज ल्याउनका लागि कागजी प्रक्रियाका काम भइरहेको छ। उनका अनुसार जहाज जनवरीभित्रै आउने छ। उनका अनुसार दुईवटा क्यू ४०० जहाज ल्याउन लागिएको हो। 

ती जहाज आएसँगै एयरलाइन्ससँग १० वटा जहाज हुने छ। एयरलाइन्ससँग दुईवटा जहाज आएसँगै क्यू ४०० जहाज नै ६ वटा हुने छ। यसैगरी अहिले सीआरजे जहाज ४ वटा रहेको छ।

श्री एयरलाइन्सले एउटामात्रै सीआरजे उडाइरहेको त्रिभुवन अन्तर्राष्ट्रिष विमानस्थल कार्यालयले जनाएको छ।

यता श्री एयरलाइन्सले भने दुईवटा सीआरजे उडानमा रहेको र दुईवटा पार्टपुर्जा  आउन ढिला हुँदा उडान हुन नसकेको जनाएको छ।

श्रीले धनगढी, नेपालगञ्ज, भैरहवा, पोखरा, विराटनगर, भद्रपुर, सुर्खेत र माउन्टेन उडान गरिरहेको छ। श्रीले माउन्टेन उडानमा सीआरजे जहाज प्रयोग गरिरहेको छ। 


प्रकाशित : शुक्रबार, पुस २० २०८०१५:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend