सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

एक्साइडका डिलरहरूको युरोप भ्रमण सम्पन्न

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस २० २०८०
एक्साइडका डिलरहरूको युरोप भ्रमण सम्पन्न

यस ब्याट्रीले नेपाली ग्राहकहरुको माया र विश्वास जित्ने यात्रामा यसका च्यानल पार्टनरहरुले ठूलो योगदान गरेका छन्।

काठमाडौं- एक्साइड ब्यट्रीले डिलरहरुलाई युरोप भ्रमण गराएको छ। कम्पनीले अघि सारेको योजना पूरा भएको उपलक्षमा डिलरहरुलाई युरोप भ्रमण गराएको हो। 

अटोमोटिभ एवं इन्डष्ट्रियल ब्याट्री सम्बन्धि योजना ल्याइएको र यही अन्तर्गत निर्धारित बिक्री लक्ष्य हासिल गर्न सफल एक डिलरहरुको टोलीलाई उपहार स्वरूप ७ रात ८ दिनको लागि युरोपको भ्रमण गराइएको थियो। 

एक्साइड नेपालको नम्बर १ ब्याट्री ब्राण्ड हो। यस ब्राण्डको विशेषतः चार पाङ्ग्रे, दुई पाङ्ग्रे, सोलार र इन्भर्टर तर्फ लक्षित छ। मुलुकभर बिक्री एवं सेवा सञ्जाल भएको एक्साइडले आफ्नो ग्राहर्कलाई उच्च गुणस्तरीय उत्पादनहरु प्रदान गर्दै आइरहेको छ। यसकै फलस्वरुप एक्साइडको व्यापार निरन्तर अभिवृद्धि भइ यसले नेपाली बजारमा अग्रणी स्थान हासिल गर्न सफल भएको हो।

एक्साइड ब्याट्रीको नेपालमा आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले विगत लामो समयदेखि गरिरहेको छ। यस ब्याट्रीले नेपाली ग्राहकहरुको माया र विश्वास जित्ने यात्रामा यसका च्यानल पार्टनरहरुले ठूलो योगदान गरेका छन्। 

यही योगदानको कदर स्वरूप उनीहरु समक्ष पटकपटक विभिन्न योजना र अफरहरु प्रस्तुत गरिँदै आएको छ। यसले ब्राण्डको उन्नतिमा उत्प्रेरकको भूमिका खेली  कम्पनी र च्यानल पार्टनरहरु बिचको सम्बन्धलाई थप सुदृढ गरेको कम्पनीको भनाइ छ।  

सिप्रदी स्टाफ मोटिभेसनमा पनि निर्धारित लक्ष्य हासिल गर्न सफल ५ जना स्टाफलाई उक्त भ्रमणमा समावेश गरिएको थियो। युरोप भ्रमण फ्रान्स, बेल्जियम, नेदरल्याण्ड, जर्मनी, र स्विजरल्याण्डलगायतका मुलुकहरुमा गराइएको हो। भ्रमणको क्रममा एक्साइड ब्याट्रीजका वरिष्ठ महाप्रबन्धक सुरेशकुमार तिवारीले उक्त टोलीको नेतृत्व गरेका थिए। युरोपको भ्रमणको लागि छानिएका डिलरहरुमा बिन्दबसिनी ट्रेड्र्स, रक्षा सप्लायर्स, आरबी इलेक्ट्रिकल्स, तिरुपति बालाजी टायर वल्ड, बानेश्वर इलेक्ट्रिकल्स एण्ड सप्लायर्स, ईजी पावर सोलुसन ट्रेडर्स, जेएस ट्रेड लिंक प्रालि, ब्याट्री वल्र्ड, र उग्रतारा ट्रेडिङ रहेका छन्। 


प्रकाशित : शुक्रबार, पुस २० २०८०१४:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend