मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

ध्रुवे हात्तीले चार घर भत्कायो

images
शुक्रबार, पुस २० २०८०
images
ध्रुवे हात्तीले चार घर भत्कायो

चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुवे हात्तीले पुनः आतङ्क मच्चाउन थालेको छ। सो हात्तीले बिहीबार बस्तीमा पसेर चार घर भत्काइदिएको थियो।

images
images

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुवे हात्तीले पुनः आतङ्क मच्चाउन थालेको छ। सो हात्तीले बिहीबार बस्तीमा पसेर चार घर भत्काइदिएको थियो। 

images
images
images

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले ध्रुवे हात्तीले भरतपुर महानगरपालिका-२३ वयरघारी क्षेत्रमा चार घर भत्काएको जानकारी दिए। 

images
images

बुधबार साँझ माडी क्षेत्रमा देखिएको सो हात्ती बिहीबार बिहान वयरघारी क्षेत्रमा आइपुगेको हो। उनले भने, ‘अन्य हात्ती शान्त भए पनि यो हात्ती उग्र बन्न थालेको हो।’ हात्तीलाई ‘डाट’ गरेर ‘रेडियोकलर’ जडान गरिएको छ।

images
images

रेडियोकलरबाट नियमन गरिएको भए पनि बस्तीमा पस्न भने नछाडेको उनले बताए। हात्ती बस्ती पसेको जानकारी पाएसँगै निकुञ्जका कर्मचारी, नेपाली सेना, समुदायमा आधारित संस्थामार्फत जानकारी गराउने गरिएको उनले जानकारी दिए। 

हात्तीलाई बस्ती पस्न नदिनका लागि स्रोत, साधनले सकेसम्म उच्चस्तरको प्रविधि प्रयोग गरिएको भए पनि रोक्न नसकिएको उनले बताए। हात्ती बस्तीमा पस्न थालेपछि निकुञ्जले निकुञ्ज आसपास बसोबास गर्नेलाई सतर्कता अपनाउन निकुञ्जले अनुरोध गरेको छ। रासस


प्रकाशित : शुक्रबार, पुस २० २०८०१०:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend