शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नक्कली शैक्षिक प्रमाणपत्रमा पाइलट सम्राटविरुद्ध मुद्दा, रुवाण्डा गएर उडाइरहेका छन् जहाज

बिहीबार , पुस १९ २०८०
नक्कली शैक्षिक प्रमाणपत्रमा पाइलट सम्राटविरुद्ध मुद्दा, रुवाण्डा गएर उडाइरहेका छन् जहाज

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक प्रमाणपत्र नक्कली भेटिएको भन्दै मुद्दा दायर गरेका पाइलट रुवाण्डा गएर जहाज उडान गरिरहेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका पाइलट सम्राटबहादुर शाहको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएपछि उनीविरुद्ध आज बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। तर उनी नेपाल छाडेर रुवाण्डा गइ पछिल्लो ६ महिनादेखि त्यहीँ जहाज उडान गरिरहेको उनीनिकट स्रोतले जनाएको छ। 

विसं २०७१ फागुन १० गतेदेखि जुनियर क्याप्टेन पदमा नियुक्त भइ आठौँ तहको क्याप्टेन पदमा बढुवा भएका चालक शाहीले बढुवा प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बताएका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता घिमिरेका अनुसार शाहीका शैक्षिक प्रमाणपत्रका विषयमा आयोगमा उजुरी परेपछि छानबीन गर्दा निजले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पुष्टि भएपछि विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो। 

शाहीले भारतको उत्तरप्रदेशस्थित सेकेन्डरी एजुकेशन काउन्सिलअन्तर्गत भिएसजे इन्टरकलेज गोरखपुरबाट प्रवीणता परीक्षामा प्रथम श्रेणी हासिल गरेको झुट्टा प्रमाणपत्र पेस गरेको प्रवक्ता घिमिरेले बताए।


प्रकाशित : बिहीबार , पुस १९ २०८०१८:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend