मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

नेपाल-भारतबीच ४ सम्झौता : २० करोडसम्म दूतावासले सिधै खर्च गर्ने, १० हजार मेगावाट बिजुलीका लागि भारतीय बजार

images
बिहीबार , पुस १९ २०८०
images
नेपाल-भारतबीच ४ सम्झौता : २० करोडसम्म दूतावासले सिधै खर्च गर्ने, १० हजार मेगावाट बिजुलीका लागि भारतीय बजार

त्यस्तै नेपालमा भएको भारतीय दूतावासले सिधै खर्च गर्ने रकमको सीमा बढाउँदै सम्झौता नवीकरण भएको छ।

images
images

नेपाल- भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक क्रममा दुई देशबीचमा चारवटा सम्झौतामा हस्ताक्षर भएको छ। 

images
images
images

नेपालका परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा विभिन्न विषयमा चारवटा सम्झौता भएका छन्। 

images
images

नेपाल-भारतबीचमा ऊर्जासम्बन्धी दुईवटा सम्झौता भएका छन्। जसमा १० हजार मेगावाट बिजुलीका लागि भारतले बजार दिनेगरी दीर्घकालीन ऊर्जा व्यापार सम्झौता भएको छ। 

images
images

दुई देशबीच १३२ किलोभोल्ट क्षमताका रक्सौल परवानीपुर, कुशाहा कटैया र न्यू नौतनवा मैनाहिया अन्तरदेशीय प्रसारण लाइनको उद्घाटन गरिएको छ। 

त्यस्तै नेपालमा भएको भारतीय दूतावासले सिधै खर्च गर्ने रकमको सीमा बढाउँदै सम्झौता नवीकरण भएको छ। 

नेपाल र भारतबीच २५ वर्षे दीर्घकालीन ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर नेपाल र भारतबीच २५ वर्षे दीर्घकालीन ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर

त्यस्तै नेपाल र भारतबीचमा स्याटेलाइट लञ्च सर्भिससम्बन्धी सैद्धान्तिक सम्झौता भएको छ। भारतीय अन्तरिक्ष  अनुसन्धान संस्था(ईस्रो)को तर्फबाट न्यू स्पेस इन्डिया लिमिटेड र नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान बीचमा स्याटेलाइट सेवासम्बन्धी सम्झौता भएको छ। 

भारतीय दूतावासले नेपालमा सोझै गर्ने खर्चको सीमा चार गुणा बढ्यो भारतीय दूतावासले नेपालमा सोझै गर्ने खर्चको सीमा चार गुणा बढ्यो

नेपाल र भारतबीचमा नवीरीय ऊर्जा उत्पादनका क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ। भारतीय सरकारको कम्पनी एनटीपीसी र नेपाल विद्युत प्राधिकरणबीचमा ऊर्जा उत्पादनका क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ। 

यस्तै भूकम्पपछिको पुनः निर्माणका लागि भारत सरकारले १० अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने घोषण गरेको छ।  

नेपालको ‘मुनाल स्याटेलाइट’ प्रक्षेपणमा ईस्रोले सहयोग गर्ने नेपालको ‘मुनाल स्याटेलाइट’ प्रक्षेपणमा ईस्रोले सहयोग गर्ने


प्रकाशित : बिहीबार , पुस १९ २०८०१८:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend