बिहीबार , असार ५ गते २०८२    
बिहीबार , असार ५ २०८२
images
images

२३ बैंकको लाभांश घोषणा हुँदा चारको बाँकी, कुनकाे कति?

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर १५ २०७८
images
images
२३ बैंकको लाभांश घोषणा हुँदा चारको बाँकी, कुनकाे कति?

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिश सेयर र ०.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।

images
images

काठमाडौं- नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिश सेयर र ०.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।

images
images
images

बैंकको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्विकृत गरेर साधारण सभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउने छन्। योसँगै लाभांश घोषणा गर्ने वाणिज्य बैंकको  संख्या २३ वटा भएको छ। अब कृषि बिकास बैंक, सिभिल, सेन्चुरी बैंक र राष्ट्रिय वाणिज्य बैंकको लाभांश घोषणा हुन बाँकी छ।

images
images

लाभांश घोषणा भएको बैंकहरु मध्ये कतिपयको लाभांश बैंकको साधारण सभाबाट समेत पारित भइसकेको छ। लाभांश घोषणा गरेका वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश दिनेमा नबिल ‌बैंक अगाडि रहेको छ। बैंकले ३३.६ प्रतिशत लाभांश र ४.४ प्रतिशत नगद लाभांशसहित ३८ प्रतिशत लाभांश दिँने भएको छ।

images
images
images

यसैगरी दोस्रो बढी लाभांश दिनेमा हिमालयन बैंक रहेको छ। हिमालयन बैंकले २१.३८ सेयर लाभांश र ४.६२ प्रतिशन नगद लाभांशसहित २६ प्रतिशत लाभांश दिने भएको छ।

२० वटा वाणिज्य बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफामा सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरका छन्। सिद्धार्थ, कुमारी, माछापुच्छ्रे, नेपाल बंगलादेश, हिमालयन, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट, सिटिजन, सानिमा, नेपाल बैंक र ग्लोबल बैंकले लाभांश घोषणा गरिसकेका छन्। यसैगरी एभरेष्ट बैंक, बैंक अफ काठमाण्डू र एनएमबीले लाभांश घोषणा गरेका छन्। यसैगरी प्रभु, मेगा, प्राइम र सनराइज बैंकले पनि लाभांश घोषणा गरेका छन्।

सिद्धार्थले १५ प्रतिशत लाभांश दिने भएको छ। सिद्धार्थले १४.२५ प्रतिशत सेयर लाभांश र ०.५ नगद लाभांश दिने भएको छ।यसैगरी ग्लोबलले १० प्रतिशत सेयर लाभांश र ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। नेपाल बैंकले १४ प्रतिशत सेयर लाभांश र ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो।

सानिमा बैंकले १७ प्रतिशत सेयर लाभांश र ०.८९ प्रतिशत नगद गरी कुल १७.८९ प्रतिशत लाभांश दिने  भएको छ। सिटिजन बैंकले १२.९१ प्रतिशत सेयर लाभांश र ३.०८ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश दिने भएको छ।

साथै नेपाल इन्भेष्टमेन्ट बैंकले १२.६१ प्रतिशत सेयर लाभांश र ३.३८९ प्रतिशत नगद गरी कुल १६ प्रतिशत नै लाभांश दिने भएको छ। स्यान्डर्ड चार्टर बैंकले १० प्रतिशन सेयर लाभांश र ३.०६ प्रतिशन नगद गरी कुल १३.०६ प्रतिशत लाभांश दिने भएको छ।

नेपाल बंगलादेश बैंकले १२ प्रतिशत सेयर लाभांश र ३.५ प्रतिशत नगद लाभांश सहित १५.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

यसैगरी माछापुच्छ्रे बैंकले १३.३ प्रतिशन सेयर लाभांश र ०.७ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

एनएमबी बैंकले सेयरधनीलाई १५.८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। १२.५ प्रतिशत लाभांश सेयर र ३.३ प्रतिशत नगद सहित सहित १५.८ प्रतिशत लाभांश दिन लागेको हो। बैंकले गत वर्ष १६ प्रतिशत लाभांश दिएको थियो।

कुमारी बैंकले ६ प्रतिशत सेयर लाभांश र २.७७ प्रतिशत नगद लाभांश गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

एनआइसी एसिया बैंकले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ। गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको हो। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले सेयरधनीलाई १५ प्रतिशत लाभांश सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।

बैंक अफ काठमाण्डू लिमिटेडले सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने भएको हो। बैंकले १० प्रतिशत लाभांश सेयर र ४ प्रतिशत नगद लाभांश दिने भएको हो।

एभरेष्ट बैंकले गएको आर्थिक वर्षको नाफाबाट १०.३२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिले सेयरधनीलाई गएको वर्षको नाफाबाट चुक्ता पुँजीको  ४.३२ प्रतिशत नगद लाभांश दिने निर्णय भएको हो। त्यस्तै ६ प्रतिशत सेयर लाभांस दिने भएको छ।

प्रभु बैंकले लाभांश प्रस्ताव गरेको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनश सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश गरि कुल १२ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन्।

मेगा बैंकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई १२.०७ प्रतिशत सेयर लाभांश दिने भएको छ। बैंक सञ्चालक समितिको ३ सय ४२ औं बैठकले यस्तो निर्णय गरेको हो।

बैंकले १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार ९ सय ५७ रुपैयाँको को १२.०७ प्रतिशत सेयर लाभांश दिने निर्णय गरेको हो। बैंक सञ्चालक समितिको निर्णय राष्ट्र बैंकबाट पनि स्वीकृत हुन बाँकी छ।

वाणिज्य बैंकहरु मध्ये सवैभन्दा थोरै घोषणा गर्नेमा सनराइज बैंक भएको छ। सनराइज बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ७ प्रतिशत मात्रै लाभांश दिने घोषणा गरेको हो। बैंकले ६.६५ प्रतिशत लाभांश सेयर र शून्य दशमलव ३५ प्रतिशत नगद गरेर ७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। यसअघि १७ बैंकले लाभांश घोषणा गरिसकेका छन्।

प्राइम कमर्सियल बैंकले सेयरधनीका लागि १६.६३ प्रतिशत लाभांश घोषणा गरेको छ। सञ्चालक समितिको बैठकले १६ प्रतिशत लाभांश सेयर र ०.६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। सेयरधनीले राष्ट्र बैंकको स्वीकृत र साधारणसभाले पारित गरेपछि लाभांश पाउनेछन्।

लक्ष्मी बैंकले ११.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। बैंकले ८ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

बैंकको चुक्ता पुँजी १० अर्ब ६९ करोड छ। बोनस सेयर वितरणपछि चुक्ता पुँजी ८५ करोड ५६ लाख रुपैयाँले बढ्ने छ। बैंकले गत बर्ष एक अर्ब ३६ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो।

कुन बैंकको कति?


प्रकाशित : बुधबार, मंसिर १५ २०७८११:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend