मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

काठमाडौं आइपुगे भारतीय विदेशमन्त्री एस जयशंकर

images
बिहीबार , पुस १९ २०८०
images
काठमाडौं आइपुगे भारतीय विदेशमन्त्री एस जयशंकर

नेपाल-भारत संयुक्त आयोगको बैठक आज र भोलि काठमाडौंमा हुँदैछ। बैठकमा सहभागी हुन् भारतीय विदेशमन्त्री नेपाल आएका हुन्।

images
images

काठमाडौं- भारतीय विदेशमन्त्री डा एस जयशंकर नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आइपुगेका छन्। उनी भारतीय विशेष विमानमार्फत आज बिहान यहाँ आइपुगेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरे।

images
images
images

संयुक्त आयोगको बैठक यही पुस १९ र २० गते काठमाडौंमा हुँदैछ। संयुक्त आयोगको बैठकमा परराष्ट्रमन्त्री साउद र उनका भारतीय समकक्षी डा जयशंकरले आ-आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्। बैठकले द्विपक्षीय सम्बन्धको समग्र अवस्था र आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

images
images

विदेशमन्त्री डा जयशंकरले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै राष्ट्रपतिको कार्यालयमा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री निवास बालुवाटारमा छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने तालिका छ।

images
images

यसैगरी आजै दिउँसो होटल याक एण्ड यतीमा संयुक्त आयोगको बैठक बस्ने र सम्झौतामा हस्ताक्षर हुने मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री साउदले उनी र प्रतिनिधिमण्डलका सदस्यहरूको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन्।

विदेशमन्त्री डा जयशंकरले भोलि पुस २० गते त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय र भूकम्पपछिका पुनःनिर्माण परियोजनाको उद्घाटन गर्नेछन्। विदेशमन्त्री डा जयशंकर भोलि पुस २० गते नै स्वदेश फर्किनेछन्। रासस


प्रकाशित : बिहीबार , पुस १९ २०८०११:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend