काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमा काम नगर्ने ९ निर्माण कम्पनीसँग लिखित स्पष्टीकरण मागेको छ। कार्यालयले कालोसूचीमा राख्नुपूर्व ती कम्पनीसँग लिखित स्पष्टीकरण मागेको हो।
कार्यालयले ती कम्पनीलाई यसअघि ३० दिनको समय दिएर स्पष्टीकरण पेश गर्न भनेको थियो। तर उक्त अवधिमा कुनैपनि कम्पनीले स्पष्टीकरण नदिएपछि पुनः ७ दिने सूचना जारी गरिएको हो।
सात दिनको आवधिमा स्पष्टीकरण पेश नगरे वा चित्तबुझ्दो जवाफ नआएमा कार्यालयले यी निर्माण कम्पनी तथा सप्लायर्सलाई कालोृसूचीमा राख्ने छ।
कालोसूचीमा परेका कम्पनीले कालोसूची अवधिभर सरकारी टेन्डरमा सहभागी हुन पाउने छैनन्।
