सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

तोलामा १३ सय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

बिहीबार , पुस १९ २०८०
तोलामा १३ सय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

बिहीबार सुनको मूल्य प्रतितोला १३ सय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला ३० रूपैयाँले सस्तिएको छ।

काठमाडौं- नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ। बुधबार तोलामा दुई सय रूपैयाँले घटेको सुनको मूल्य बिहीबार एकैदिन प्रतितोला १३ सय रूपैयाँले घटेको हो।

बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ५ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ९ सय ५० रूपैयाँ कायम गरिएको छ। 

चाँदीको मूल्य बिहीबार प्रतितोला ३० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार चार सय २० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बिहीबार , पुस १९ २०८०११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend