सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

महालक्ष्मी विकास बैंकका ग्राहकलाई एपोलो डायग्नोस्टिकका सेवाहरुमा विशेष छुट

बुधबार, पुस १८ २०८०
महालक्ष्मी विकास बैंकका ग्राहकलाई एपोलो डायग्नोस्टिकका सेवाहरुमा विशेष छुट

बैंकका अनुसार हेल्थ प्याकेजमा २५ प्रतिशत, रूटिन टेस्टमा २५ प्रतिशत, आउटसोर्स टेस्टमा १० प्रतिशत छुट पाउने छन्।

काठमाडौं- महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुले काठमाडौंको धुमबाराहीस्थित एपोलो डायग्नोस्टिक सेन्टरको सेवाहरुमा विशेष छुट पाउने भएका छन्।

बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ एपोलोसँग सम्झौता गरेको हो। सम्झौतापश्चात् महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाका विभिन्न स्वास्थ्य सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्। 

बैंकका अनुसार हेल्थ प्याकेजमा २५ प्रतिशत, रूटिन टेस्टमा २५ प्रतिशत, आउटसोर्स टेस्टमा १० प्रतिशत छुट पाउने छन्। 

यस्तै कोभिड १९ आरटी- पीसीआर परीक्षणमा एक हजार रूपैयाँ र कोभिड १९ र्‍यापिड एन्टिजेन परीक्षणमा सात सय ५० रूपैयाँ छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्षरुपमा लाभान्वित हुने बैंकको विश्वास छ। डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको बैंकले जनाएको छ। 


प्रकाशित : बुधबार, पुस १८ २०८०१७:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend