सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

आईएमईद्वारा सातै प्रदेशमा रेमिट्यान्स साक्षरता कार्यक्रम

बुधबार, पुस १८ २०८०
आईएमईद्वारा सातै प्रदेशमा रेमिट्यान्स साक्षरता कार्यक्रम

मंसिरबाट सातै प्रदेशमा सञ्चालन गरिएको कार्यक्रममा प्रत्येक प्रदेशअन्तर्गतका व्यवसायिक साझेदारहरुको उत्साहपूर्वक उपस्थित थियो।

काठमाडौं- रेमिट्यान्स सेवा प्रदायक कम्पनी आईएमईले सातै प्रदेशमा रेमिट्यान्स साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ।

मंसिरबाट सातै प्रदेशमा सञ्चालन गरिएको कार्यक्रममा प्रत्येक प्रदेशअन्तर्गतका व्यवसायिक साझेदारहरुको उत्साहपूर्वक उपस्थित थियो। उक्त साक्षरतासम्बन्धी कार्यक्रम सुरक्षित माध्यमबाट रेमिट्यान्स र यसको प्रयोग विषयमा केन्द्रित थियो।

रेमिट्यान्समार्फत प्राप्त भएको रकम सुरक्षित रूपमा कसरी हस्तान्तरण गर्ने, रेमिट्यान्स गरी रकम पठाउने तथा प्राप्त गर्ने ग्राहकले विशेषगरी के कुरामा ध्यान पुराउने तथा रेमिट्यान्सको डिजिटल प्रगोगसम्बन्ध विषयमा रहेर प्रशिक्षण सम्पन्न गरिएको हो।  

आफ्नो स्थापनादेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिबद्ध आईएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरु तथा स्वदेशमै दु:ख गरी कमाएको रकमको सुरक्षाको उद्देश्यका साथ सो कार्यक्रम सम्पन्न गरेको कम्पनीले जनाएको छ।


प्रकाशित : बुधबार, पुस १८ २०८०१६:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend