सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

बुधबार तोलामा दुईसयले घट्यो सुनको मूल्य

बुधबार, पुस १८ २०८०
बुधबार तोलामा दुईसयले घट्यो सुनको मूल्य

बुधबार सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला १० रूपैयाँले सस्तिएको छ।

काठमाडौं- बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आइतबार प्रतितोला दुई सय रूपैयाँले घटेर सोमबार स्थिर रही मंगलबार तोलामा पाँच सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार पुन: दुई सय रूपैयाँले घटेको हो।

बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख २० हजार ८ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २० हजार दुई सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार र सोमबार स्थिर रही मंगलबार तोलामा पाँच रूपैयाँले बढेको चाँदीको मूल्य आज प्रतितोला १० रूपैयाँले घटेको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

 


प्रकाशित : बुधबार, पुस १८ २०८०११:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend