बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रहरीद्वारा निगरानी

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस १८ २०८०
images
नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रहरीद्वारा निगरानी

डिभिजन वन कार्यालयले मातहतका सामुदायिक वनलाई नदीजन्य पदार्थको अवैध रुपमा संकलन गर्ने कार्य रोक्नका लागि पत्राचार गरेको छ।

images
images

कञ्चनपुर- नदीजन्य पदार्थको चोरी निकासी हुन थालेपछि कञ्चनपुरका दोदा, वनहरा, सुनवोरा, स्याली लगायतका नदीमा प्रहरीले निगरानी बढाएको छ। नदीमा नदीजन्य पदार्थ(ढुङगा, गिट्टी, बालुवा) का लागि स्थानीय तहले ठेक्का लगाउन ढिलाइ गरेपछि चोरी निकासी बढ्न थालेको जनाइएको छ।

images
images
images

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ईश्वर थापाका अनुसार आव २०८०/०८१ को हालसम्म अवैध रुपमा नदीजन्य पदार्थको चोरी निकासी गर्ने १४ ट्र्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ। 'नदीजन्य पदार्थ चोरी निकासी गर्ने कार्यमा संलग्न ट्र्याक्टरलाई नियन्त्रणमा लिएर कृष्णु र शुक्लाफाँटा नगरपालिकामा बुझाएका छौँं' उनले भने, 'ती ट्र्याक्टर सञ्चालकबाट जरिवानास्वरुप रु तीन लाख रकम असुल उपर गरिएको छ।'

images
images

जरिवाना लिन थालेपछि अवैधरुपमा नदीजन्य पदार्थको चोरी निकासी हुने कार्यमा कमी आउन थालेको उनको भनाइ छ। नदीजन्य पदार्थको चोरी निकासी रोक्नका लागि प्रहरीसँगै स्थानीय बासिन्दाले पनि सक्रियता देखाउँदै आएका छन्। स्थानीय बासिन्दाले अवैध रुपमा नदीजन्य पदार्थ चोरी भइरहेको जानकारी पाउना साथ प्रहरीलाई खबर गरी सहयोग गरिरहेका छन्।

images
images

डिभिजन वन कार्यालयले मातहतका सामुदायिक वनलाई नदीजन्य पदार्थको अवैध रुपमा संकलन गर्ने कार्य रोक्नका लागि पत्राचार गरेको छ।

डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजनल अधिकृत भीमप्रसाद कँडेलका अनुसार सामुदायिक वन क्षेत्रभित्रको खोला, खहरेबाट अनयमित तरिकाले नदीजन्य पदार्थ लैजाने गरेको र सामुदायिक वनभित्र राख्ने गरेको जानकारी पाइएकाले त्यस्ता कार्य रोक्नका लागि पत्राचार गरिएको छ।

'त्यस्तो कार्य वन ऐन २०७६ विपरीत हुने हुँदा रोकथाम गर्नका लागि भनेका छौँ' उनले भने, 'वन रक्षकको टोलीलाईसमेत अवैध रुपमा हुने नदीजन्य पदार्थको ओसारपसार रोक्ने कार्यमा परिचालन गरिएको छ।'

यसैगरी इप्रका झलारीले शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा चालु आवको हालसम्म ट्राफिक नियम विपरीत चल्ने एक हजार नौ सय सवारीसाधनलाई कारबाही गरी १२ लाख ८८ हजार पाँच सय रपैयाँ सङकलन गरी राजस्वमा जम्मा गरेको छ।

अवैध रुपमा चोरी तस्करी भएको ७४ दशमलव ९२ क्यूविक सालको काठ बरामद गरी आवश्यक कारबाहीका लागि सवडिभिजन वन कार्यालय कलुवापुरलाई बुझाइएको छ। रासस


प्रकाशित : बुधबार, पुस १८ २०८०१०:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend