बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

अमेरिकामा ठगी गरेर नेपालमा डलर पठाएका पंकज जोशी सम्पत्ति शुद्धीकरणमा दोषी ठहर

अमेरकी सूचनाको आधारमा विभागले गरेको थियो अनुसन्धान

images
मंगलबार, पुस १७ २०८०
images
अमेरिकामा ठगी गरेर नेपालमा डलर पठाएका पंकज जोशी सम्पत्ति शुद्धीकरणमा दोषी ठहर

जोशीले अमेरिकामा जालसाजी गरेर आर्जन गरेको रकम जेपी मोर्गन चेज बैंकबाट बैंक अफ काठमाडौंमा ट्रान्सफर गरेका थिए। जोशीले २ लाख ९० हजार अमेरिकी डलर रकम ट्रान्सफर गरेका थिए।

images
images

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पंकज जोशीलाई दोषी ठहर गरेको छ। 

images
images
images

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जोशीले ऐनविपरीत काम गरेको भन्दै दायर गरेको मुद्दामा सुनुनुवाइ गर्दै न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले जोशीलाई दोषी ठहर गरेको छ। 

images
images

इजलासले कसुर निर्धारणका लागि भन्दै पुस २५ गतेका लागि पेसी निर्धारण गरिएको छ। 

images
images

अमेरिकी सरकारको सूचनाको आधारमा विभागले जोशीमाथि अनुसन्धान गरेको थियो। अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसले विभागलाई २००९ कोफ अक्टुबर ३० मा पत्राचार गरेको थियो। सोही आधारमा विभागले जोशीमाथि छानबीन गरेको थियो। 

जोशीले अमेरिकामा जालसाजी गरेर आर्जन गरेको रकम जेपी मोर्गन चेज बैंकबाट बैंक अफ काठमाडौंमा रकम ट्रान्सफर गरेका थिए। जोशीले २ लाख ९० हजार अमेरिकी डलर रकम ट्रान्सफर गरेका थिए। 

सोही केसमा अमेरिकाले पत्राचार गरेपछि विभागले गरेको अनुसन्धानबाट जोशीले सम्पत्ति शुद्धीकरण अनुसन्धान ऐन ३० को खिलाफमा देखिएको भन्दै २०७७ चैत १३ गते अदालतमा मुद्दा दायर गरेको थियो। 

विभागले डलर बरारको नेपाली रुपैयाँ र त्यसमा थपिएको ब्याजसमेत जोड्दै २ करोड ८ लाख ८३ हजार २४२ रुपैयाँ विगो कायम गर्दै सोही बराबरको जरिवाना र कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो। 


प्रकाशित : मंगलबार, पुस १७ २०८०१८:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend