सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

ग्लोबल आईएमई बैंकको १७औँ वार्षिकोत्सवका अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना

मंगलबार, पुस १७ २०८०
ग्लोबल आईएमई बैंकको १७औँ वार्षिकोत्सवका अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना

यसैगरी नि:शुल्क रुपमा ७ सय ८३ जनाको आँखा जाँच गरिनुका साथै एक हजार ४८ जनाको रक्तचाप तथा मधुमेहको परीक्षण एवं परामर्श पनि प्रदान गरिएको बैंकले जनाएको छ।

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा वृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ। 

ग्लोबल आईएमई बैंक पुस १७ गते मंगलबारदेखि स्थापनाको १७ वर्ष पूरा गरी १८औँ वर्षमा प्रवेश गरेको छ। यही अवसरमा बैंकले मंगलबार नै देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको साथसाथै निशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण आयोजना गरेको हो।

यस कार्यक्रमअन्तर्गत कोशी प्रदेशमा सुनसरीको इटहरी शाखा, मधेस प्रदेशमा सिरहाको गोलबजार शाखा, बागमती प्रदेशमा काठमाडौंको कान्तिपथ शाखा तथा चितवन नारायणगढ शाखा, गण्डकी प्रदेशमा कास्कीको पोखरा न्यूरोड शाखामा रक्तदान गरिएको हो। यस्तै लुम्बिनीमा रुपन्देहीको बुटवल मिलनचोक शाखा तथा दाङको नेपालगञ्ज शाखा, कर्णालीमा सुर्खेतको विरेन्द्रनगर सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशमा कैलालीको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। 

देशभर आयोजित कार्यक्रममा ९ सय २७ रक्तदाताहरुबाट ४ सय ३९ लिटर रगत दान गरिएको छ। यसैगरी नि:शुल्क रुपमा ७ सय ८३ जनाको आँखा जाँच गरिनुका साथै एक हजार ४८ जनाको रक्तचाप तथा मधुमेहको परीक्षण एवं परामर्श पनि प्रदान गरिएको बैंकले जनाएको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजपयोगी कार्यहरुमार्फत आम जनमानसलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ।


प्रकाशित : मंगलबार, पुस १७ २०८०१८:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend