सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

कामना सेवा विकास बैंकको १७औँ वार्षिक साधारणसभा सम्पन्न

मंगलबार, पुस १७ २०८०
कामना सेवा विकास बैंकको १७औँ वार्षिक साधारणसभा सम्पन्न

साधारणसभाले आव २०८०/८१ को लेखापरीक्षणमा बिआर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्ट्सलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ।

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडको १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बैंकको सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न साधारणसभाबाट लेखा परीक्षकको प्रतिवेदनसहित आव.२०७९/८० को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब पारित भएको छ। सभाले सोही आवको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाबलगायत वित्तिय विवरणसँग सम्बन्धित अनुसूचीहरु सर्वसम्मतिले पारित गरेको छ। 

उक्त साधारणसभाले आव २०८०/०८१ को लेखापरीक्षण नियुक्ति गर्नको लागि बैंकको लेखारीक्षण समितिद्वारा सिफारिस गरिएबमोजिम लेखारीक्षण बिआर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्ट्सलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ। 

सेयरधनीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रमअनुसार निर्धारण गरिएको लक्ष्यहरु हासिल हुनेगरी कार्यक्रम सञ्चालन गरिएको तथा चालु आवमा बैंकले सेयरधनीहरुको अपेक्षाबमोजिमको लक्ष्य हासिल गर्ने बताए।


प्रकाशित : मंगलबार, पुस १७ २०८०१८:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend