सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

पुस २० देखि 'टाटा मोटर्स फन कार्निभल ३.०' आयोजना हुँदै, यस्ता छन् सुविधा

मंगलबार, पुस १७ २०८०
पुस २० देखि 'टाटा मोटर्स फन कार्निभल ३.०' आयोजना हुँदै, यस्ता छन् सुविधा

एकैसाथ पाँच स्थानमा आयोजना हुने यस फन कार्निभलमा इभी गाडी खरिद गरी विभिन्न किसिमका अफरहरु प्राप्त गर्न सकिनेछ ।

काठमाडौं- नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले 'टाटा मोटर्स फन कार्निभल ३.०' कार्यक्रमको आयोजना गर्न लागेको छ।

यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन ईभी र टियागो ईभीलगायतका गाडीहरु साट्न सकिने कम्पनीले जनाएको छ।

सिप्रदीका अनुसार ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीप्रतिको रुची तथा चाहनालाई मध्यनजर गर्दै यस मेलाको आयोजना गर्न लागिएको हो। मेला यही पुस २० गतेदेखि २२ गतेसम्म उपत्यकाभित्र टाटा मोटर्सको शोरुम थापाथली, वेष्टर्न मोटर्स् महाराजगञ्ज, जेबी मोटर्स् बालकुमारी, राधेराधे, भक्तपुर र उपत्यका बाहिर इटहरी र धनगढीमा हुनेछ।

फन कार्निभल ३.० मा टाटाका गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रुपमा ईभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त गर्नेछन्।

यस कार्निभलको मुख्य उद्देश्य ग्राहकवर्गलाई खेल तथा मनोरञ्जन मार्फत नौलो अनुभूति गर्दै गाडी किन्ने फरक एक्सपेरियन्स प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ। यस कार्यक्रमको अवसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्।

कार्यक्रममा सहभागी भइ नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ।


प्रकाशित : मंगलबार, पुस १७ २०८०१६:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend